default_image

4 months ago

August 27, 2024

लामाचौरमा महिला तथा पुरुष भलिबल हुने

1004 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – कास्कीको लामाचौरमा महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नव आदर्श सामूदायिक विकास समाजले आफ्नो वार्षिकोत्सव तथा तीज महोत्सवको अवसरमा भलिबल प्रतियोगिता आयोजना गर्न लागेको मंगलवार पत्रकार सम्मेलनमा जानकारी दिइयो।

लामाचौर कपमा महिला तथा पुरुषको अलग प्रतियोगिता हुनेछ। ‌ ११औं संस्करणको महिला भलिबल प्रतियोगितामा ३ विभागीय सहित ५ टोली एपीएफ , नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, न्यु डायमन्ड स्पोर्टस क्लब र एभरेस्ट भलिबल क्लबलाई सहभागिताका लागि पत्राचार गरिएको आयोजकले जनाए ।

त्यस्तै, तेस्रो संस्करणको पुरुष भलिबलमा पनि ३ विभागिय सहित ५ टोली एपिएफ क्लब,आर्मी क्लबसहित मणिमुकुन्द भलिबल क्लब र गण्डकी प्रदेश भलिबल टिमलाई सहभागिताको लागि पत्राचार समाजका प्रथम उपाध्यक्ष दिनेश भण्डारीले जानकारी दिए।

महिला भलिबल भदौ १९ मा र पुरुष भलिबल भदौ २० गते सुरु हुनेछ । महिला तथा पुरुष भलिबल प्रतियोगिताको विजेता टोलीले समा १ लाख ५० हजार १ सय ११ रुपैयाँ, दोस्रो १ लाख १ सय ११ र तेस्रोले ५० हजार १ सय ११ रुपैयाँ गर्नेछन् ।

January 6, 2025

अन्तिम विकल्पलाई जिजिआर मेमोरियल फुटसलको उपाधि

हिमाल खरेल, बिर्तामोड बिर्तामोडको अन्तिम विकल्प फुटसलले झापाको मेचीनगर-१० स्थित धाइजनमा आयोजित प्रथम जिजिआर मेमोरियल खुला फुटसल प्रतियोगिताको उपाधि जितेको छ । अन्तिम विकल्पले फाइनलमा आयोजक रेड स्टार फुटसल क्लबलाई ४-२ ले पराजित गर्दै उपाधि रक्षा गरेको हो । अन्तिम विकल्पका लागि विक्रम तामाङ र एरोन मगरले समान २ गोल गरे । एरोन प्लेयर अफ […]

January 5, 2025

नवनियुक्त सदस्यलाई राखेपको स्वागत

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राखेपका नवनियुक्त ८ सदस्यलाई आइतवार स्वागत गरेको छ । मन्त्री परिषद्को पुस ९ गतेको निर्णयबाट सदस्यमा नियुक्त नन्दा बस्याल, सुवर्ण श्रेष्ठ, शान्तिकुमारी चौधरी, कमलबहादुर भट्टराई, भानबहादुर चन्द, आनन्दकुमार झा, जगतसिंह धामी र हिमालकुमार श्रेष्ठलाई त्रिपुरेश्वरस्थित राखेपमा आयोजित एक कार्यक्रमबिच स्वागत गरिएको हो । राखेपका सदस्य–सचिव टंकलाल घिसिङले […]

January 5, 2025

इन्डो नेपाल भलिबलको समिफाइनल समीकरण पूरा

सुमन अधिकारी, बुटवल बुटवलमा जारी ‘मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप–२०८१’ को सेमिफाइनल समीकरण पूरा भएको छ । समूह चरणका २ खेल बाँकी रहँदा‌ नै सेमिफाइनल पुग्ने टोलीको टुंगो लागेको छ। समूह ‘ए’ बाट नेपाल पुलिस क्लब र मणिमुकुन्द तथा समूह ‘बी’ बाट त्रिभुवन आर्मी क्लब र भारतको गुजरात भलिबल‌ एसोसिएसन अन्तिम […]

Success

Thank you for your time.