7 months ago
August 26, 2024
मेचीनगर (हाम्रो खेलकुद)- सिएम पुरुषोत्तम चौलागाईंले छैटौं राष्ट्रिय एमेच्योर बुद्धिचाल प्रतियोगिता उपाधि जितेका छन्।
झापाको मेचीनगरमा सोमवार सम्पन्न प्रतियोगितामा २ हजार रेटिङ मुनिको प्रतिस्पर्धामा १९३७ रेटेड पुरुषोत्तमले ७ चरणको क्लासिकल खेलमा अपराजित रहँदै ५ जित २ बराबरीका साथ ६ अंक जोडेका हुन्। उनले २१७७ रेटिङ्ग पर्फोम गर्दै उपाधिसहित ५० हजार रुपैयाँ प्राप्त गरे ।
राजेन्द्र राईले ५.५ अंकसाथ दोस्रो भएर २५ हजार रुपैयाँ पाए। समान ५.५ अंक जोडेका धिरेन राई डाइरेक्ट इन्काउण्टर , बुकोल्ज वान टु र मोष्ट विन नियमका आधारमा तेस्रो भए १५ हजार रुपैयाँ प्राप्त गरे।
चौथो आशिष फुयालले १२ हजार , पाचौं पूर्व विजेता सिएम कृष्ण थापाले १० , छैंटौं निलम बस्नेतले ८ , सातौं विकास मैनालीले ६ तथा आठौं प्रेम लिम्बु, नवौं सुरोज महर्जन र दसौं वलिमान गुरुङले समान दशौं ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।
१७ सय रेटिङ मुनिको विधामा २३६२ रेटिङ पर्फोमेन्स गर्दै रञ्जित राई विजयी भए । व्यक्तिगत १६९९ रेटिङबाट खेल प्रारम्भ गरेका रञ्जितले ६५.२ रेटिङ बढाउने क्रममा सबै खेल जिते। उनले उपाधिसहित ५० हजार रुपैयाँ प्राप्त गरे ।
सिनियर राष्ट्रिय निर्णायक सोराज ताम्राकारले सञ्चालन गरेको ९ चरणको प्रतिस्पर्धामा दोस्रो भएका रामहरि कार्कीले २५ र तेस्रो भएका कपिल गरुङले १५ हजार पाए ।
चौथो पूजा भण्डारीले १२ , पाँचौं शिभम् कुमार बिकले १०, छैटौं रोशन खड्गीले ८ हजार, सातौं कृष्णप्रसाद सिग्देलले ६ तथा आठौं सुरज सिंह, नवौं खिलराज राई र दसौं राजन पहाडीले समान ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।
नेपाल बुद्धिचाल महासंघको क्यालेण्डर अनुसार एमेच्योर बुद्धिचाल प्रतियोगिता झापाको मेचीनगर नगरपालिकाको काँकडभिट्टास्थित होटल व्यवसायी संघ सभाहल चार दिनसम्म सन्चालन भएको थियो।
मेचिनगर नगरपालिका र पशुपति बोर्डिङ स्कुलको मुख्य प्रायोजन रहेको प्रतियोगितामा विभिन्न जिल्लाका ९० खेलाडीले प्रतिस्पर्धा गरेका थिए। १८ लाख भन्दा बढी खर्च भएको प्रतियोगितामा २ लाख ८२ हजार रुपैयाँ पुरस्कार रहेको प्रतियोगिता निर्देशक भरत गुरुङले जानकारी दिए।
नाइट चेस क्लब, झापाका अध्यक्ष विश्व विजय घिमिरेको सभापतित्वमा भएको समापन कोशी प्रदेशका सांसद गोपाल तामाङ, नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनलगायतले विजेता खेलाडीलाई पुरस्कृत गरे।
March 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]