default_image

7 months ago

August 24, 2024

पुरुषोत्तम र रिशोन शीर्षस्थानमा

452 views

0 Bookmark

मेचीनगर (हाम्रो खेलकुद)- छैटौं राष्ट्रिय एमेच्योर चेस प्रतियोगिताको दोस्रो दिन शनिवार २ हजार रेटिङ मुनिको खेलमा पूर्व नेपाल च्याम्पियन १९३७ रेटेड सिएम पुरुषोत्तम चौलागाईं र १८६२ रेटेड खेलाडी रिशोन थापाले समान ३ अंक जोड्दै शीर्ष स्थानमा रहेका छन् ।

नेपाल बुद्धिचाल महासंघ र नाइट चेस क्लब झापाको संयुक्त आयोजनामा जारी प्रतियोगितामा ३ चरणको समाप्तीमा पुरुषोत्तम र रिशोनले शत प्रतिशत जित‌ निकालेका‌ हुन् ।

सिएम पुरुषोत्तमले पहिलो चरणको खेलमा १८१० रेटेड विश्व विजय घिमिरेलाई, दोश्रो चरणमा १७९६ रेटेड निलम बस्नेतलाई र तेश्रो चरणको खेलमा पूर्व नेपाल च्याम्पियन १८८५ रेटेड सिएम नवीन तण्डुकारलाई पराजित गरेका छन्। 

रिशोनले‌१७१४ रेटेड नारायण राई, महिला नेपाल च्याम्पियन १७०८ रेटेड सिन्दिरा जोशी र १८१७ रेटेड चुडामणि कुलुङ माथि जित दर्ता गरेका छन्। चौथो चरणमा रिशोनले कालो गोटीबाट पुरुषोत्तमसँग प्रतिस्पर्धा गर्नेछन्। 

एमेच्योर च्याम्पियन बनेर दुबईमा हुने एशियन एमेच्योर प्रतियोगितामा सहभागी हुने प्रयासमा रहेका १८९१ रेटेड विकास मैनाली, पूर्व विजेता १८८५ रेटेड सिएम कृष्ण थापा र १८९६ रेडेट आशिष फुयाल २ जित र १ बराबरका साथ २.५ अंक जोडेर संयुक्तरुपमा दोश्रो स्थानमा छन्। 

सोही समूहमा प्रतिस्पर्धा गरिरहेकी महिला नेपाल च्याम्पियन १७०८ रेटेड सिन्दिरा जोशीको खेल सन्तोषजनक रहन सकेन।

सेप्टेम्बरमा हुन गइरहेको हंगेरी चेस ओलम्पियाड खेल्न ग्राण्ड मास्टरसँग प्रशिक्षण लिएकी महत्त्वपूर्ण खेलाडी आफू भन्दा उच्च रेटेड पुरुष खेलाडीवाट पराजित भएकी छन्। 

विश्व बुद्धिचाल महासंघको आयोजनामा हुने चेस ओलम्पियाड टोलिका १६८७ रेटड महिला खेलाडी पूजा भण्डारीले भने औसत प्रदर्शन गरेकी छिन्।

पूजाले १७०० रेटिङ मुनि तेश्रो चरणको खेलमा एरिना क्याण्डिडेड मास्टर माथि रोमाञ्चक जित गर्दा गरेकी छिन्। यस्तै दोश्रो चरणको खेलमा विष्णुलाल लिम्बूसँग बराबरी खेलेकी छिन्। पूजाको २.५ अंक छ। 

१७०० रेटिङ मुनि सम्पन्न भएको प्रतियोगिताको चौथो चरणपछि १६९९ रेटेट रञ्जित राई, १६२६ रेटेड कपिल गुरुङ र १६४८ रेटेड शिव कुमार बिकले समान ४ अंक बनाउँदै संयुक्तरुपमा‌ शीर्ष स्थानमा छन्।

यस्तै १६९४ रेटेट गोविन्दमान श्रेष्ठ र १५९८ रेटेड कृष्णप्रसाद सिग्देलले ३ जित र १ बराबर बाट ३.५ अंक जोडेर संयुक्तरुपमा दोश्रो स्थानमा छन्। 

छैटौं राष्ट्रिय एमेच्योर चेस समूह ‘क’ को खेल ७ चरणको हुनेछ । १७०० मुनिको समूह ‘ख’ को खेल ९ चरणको हुनेछ। प्रतियोगितामा २ लाख ८२ हजार रुपैयाँ पुरस्कार रहेको छ।

March 19, 2025

अन्तरिम आदेशबीच पनि एनओसीले गर्यो विशेष साधारण सभा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

Success

Thank you for your time.