default_image

7 months ago

August 23, 2024

जापानमा समर कप फुटसल हुने

387 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- जापानको फुकुओकामा आठौं समर कप २०२४ फुटसल प्रतियोगिता यसै महिना आयोजना हुने भएको छ।

नेपाली समुदायको श्री गणेश खुकुरी एफसीको आयोजना मा भदौ २२ गते प्रतियोगिता हुने आयोजक संस्थाका प्रदीप राईले जानकारी दिए। प्रतियोगिता डिनोज क्लबमा हुनेछ।

विजेताले उपाधिसहित ५ लाख ११ हजार १ सय ११ जापानिज यान र दोस्रो हुने टोलीले २ लाख ११ हजार १ सय ११ यान प्राप्त गर्नेछ।

आयोजकले भदौ ९ गते सम्म ४४ हजार ४ सय ४४ यान बुझाएर सहभागिताका लागि टोलीको नाम दर्ता गर्न सकिने जनाएको छ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.