default_image

8 months ago

August 23, 2024

ट्युनिसियाकी जेरामदिनीले मधेशबाट खेल्ने

3088 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ट्युनिसियाकी योस्रा जेरामदिनीले मधेश युनाइटेडबाट एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) खेल्ने भएकी छिन्।

मधेशले आफ्नो दोस्रो विदेशी खेलाडीको नाम सार्वजनिक गर्ने क्रममा शुक्रवार जेरामदिनीलाई अनुबन्ध गरेको जनाएको‌छ।

मधेशले यसअघि काजकिस्तानकी कालिनोभा यभजेनियालाई अनुबन्ध गरिसकेको छ । मधेशले‌ जेरामदिनी आगमनले टोलीको ब्लकिङ पोजिसन शसक्त हुने विश्वास लिएको छ ।

ट्युनिसियाको राष्ट्रिय टोलीकी सदस्य समेत रहेकी २३ वर्षीय जेरामदिनी सँग रसियन लिग खेलेको अनुभव रहेको बताइएको छ । उनले ट्युनिसियन लिग, ट्युनिसियन सुपर कप समेत खेलेकी छन् । उनको उचाई १ सय ८४ सेन्टिमिटर छ ।
जेरामदिनीले मधेश अनुबन्ध भएकोमा खुशी व्यक्त गर्दै खेल्न आफू एकदमै उत्साहित रहेको बताएकी छन् ।

‘पहिलो संस्करणको एभरेष्ट वुमन्स भलिबल लिगमा म मधेश युनाईटेडबाट खेल्दैछु । लिगका लागि म उत्साहित छु । नेपालको नाम धेरै सुनेको छु । म यो सुन्दर देशमा गएर खेल्न उत्सहित छु ,’ मधेशले जनाएको‌ छ।

मधेश युनाईटेडकी अपरेसन हेड संज्ञा श्रेष्ठले योस्रालाई मधेश टिममा स्वागत गर्दै उनको आगमनले टिम अझ बलियो हुने  बताईन् ।

नेपाली राष्ट्रिय टोलीकी स्पाइकर निरुता ठगुन्ना मार्की प्लेअर रहेको मधेशमा अहिलेसम्म ८ नेपाली र २ विदेशी गरी १० खेलाडीको नाम सार्वजनिक भइसकेको छ ।

जसमा राष्ट्रिय टिमकै संगम महतो र शान्तिकला तामाङ पनि छन् । यस्तै काभा यू२० महिला च्याम्पियनसिप खेले यू२० राष्ट्रिय टिमकी एलिशा मानन्धर र आशिका क्षेत्री पनि मधेश टिममा छन् । राष्ट्रिय टिमबाट खेलिसकेका पुजा थारु र हिरा केसी पनि मधेशमा छन् । जसना महतो पनि मधेशको टिममा छिन् ।

इन्फिनिटी ड्रिम्सको आयोजनामा पहिलो पटक महिला भलिबलको फ्रेन्चाईज लिग इडब्लुभिएलको पहिलो संस्करणमा ६ टोलीले सहभागिता जनाउनेछन् ।

May 1, 2025

ज्ञान मेमोरियल ओपन गल्फ हुने

काठमाडौं (हाम्रो खेलकुद)- ज्ञान फाउन्डेसनद्वारा आयोजित ज्ञान मेमोरियल ओपन गल्फ प्रतियोगिता शुक्रवार सुरु हुने भएको छ। रोयल नेपाल गल्फ क्लबमा हुने दुई दिने प्रतियोगितामा कुल १ सय गल्फरको सहभागिता रहने आज आयोजित पत्रकार सम्मेलनमा ज्ञान फाउन्डेसनका मनोज खालिनले जानकारी दिए। प्रतियोगितामा महिलामा ओभरअल तर्फ प्रतिस्पर्धा हुनेछ। सिनियर लेडिज र सुपर सिनियर विधा पनि समावेश गरिएको […]

April 30, 2025

नवौं पोखरा स्पोर्टस् अवार्ड- ४ विधाको मनोनयन

पोखरा (हाम्रो खेलकुद )- ‘नवौं पोखरा स्पोर्टस् अवार्ड २०८१’ को ४ विधाको मनोनयन सार्वजनिक भएको छ । बुधवार आयोजित पत्रकार सम्मेलनमा स्पोर्टस् अवार्डको ४ विद्याको मनोनयन आयोजक संस्था नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सम्मेलन मार्फत सार्वजनिक गरेको हो । अवार्डको‌ वर्ष सर्वोत्कृष्ट खेलाडी पुरुष र महिला, वर्ष उदीयमान वर्ष खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक विधाका […]

April 30, 2025

राष्ट्रिय हक्की -आर्मीलाई दोहोरो सफलता

काठमाडौं (हाम्रो खेलकुद)- विभागीय टोली त्रिभुवन आर्मी क्लबले रााष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिताको पहिलो दिन बुधवार दोहोरो सफलता प्राप्त गरेको छ ।                                   नेपाल हक्की संघको आयोजनामा ललितपुरको च्यासल फुटबल मैदानमा आर्मीको पुरुष र महिला दुवै टोलीले विजयी […]

Success

Thank you for your time.