9 years ago
September 26, 2015
काठमाडौं, असोज ९ गते ।
खुला स्पोर्ट्स क्लाइम्बिङ प्रतियोगिताको पुरुषमा राजनप्रसाद दुलाल र महिलामा जुना श्रेष्ठ शनिबार पहिलो भएका छन् ।
पुरुषमा गौरभ राजक दोश्रो र जीवन श्रेष्ठ तेश्रो भए । महिलामा फुरसाङ वाइबा दोश्रो र सुजिता चौधरी तेश्रो बने । दुवै समूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३ हजार, २ हजार र १ हजार रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर प्राप्त गरे ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य नारायण पौडेल, पर्वतीय खेलकुद महासंघका महासचिव गोविन्द भट्टराईलगायतले पुरस्कार वितरण गरे ।
पर्वतीय खेलकुद महासंघको तत्वावधानमा पर्वतारोहण तथा रक क्लाइम्बिङ स्पोर्ट्स एसोसिएन नेपाल (एमआरसीए) ले विश्व पर्यटन दिवसका अवसरमा आयोजना गरेको प्रतियोगितामा ४५ पुरुष र ३२ महिला गरी ७७ प्रतिस्पर्धीले सहभागिता जनाएको आयोजक एमआरसीएका महासचिव मेघराज पौडेलले जनाएका छन् ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]