default_image

7 months ago

August 20, 2024

काजकिस्तानकी कालिनोभाले मधेशबाट खेल्ने

2679 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- काजकिस्तानकी कालिनोभा यभजिनियाले मधेश युनाइटेडबाट एभरेष्ट वुमन्स भलिबल लिग (इडब्लुभिएल) खेल्ने भएकी छिन्।

इडब्लुभिएलका लागि विदेश खेलाडीसँग अनुबन्ध गर्ने मधेश पहिलो टोली बनेको छ। इन्फिनिटी ड्रिम्सको आयोजनामा पहिलो पटक हुन लागेको महिला भलिबलको फ्रेन्चाइज इडब्लुभिएलको मिति भने तय हुन बाँकी छ।

काजकिस्तानकी अनुभवी खेलाडी कालिनोभलाई अनुबन्ध गर्न पाउँदा मधेशले खुसी लागेको बताएको छ छौँ ।

३५ वर्षिय कालिनोभाले काजकिस्तानको राष्ट्रिय टोलीका साथै काजकिस्तानको लिग खेलेको अनुभव छ । स्पाइकर उनको उचाई १ सय ८० सेन्टिमिटर रहेको बताइएको छ ।

कालिनोभाले अनुबन्धबाट आफू खसी रहेको खेल्नका लागि उत्साहित रहेको मधेश युनाइटेडले जनाएको छ‌ ।  ‘
मधेश युनाइटेडकी अपरेसन हेड संज्ञा श्रेष्ठले कालिनोभाको अनुभवले टोलीको लागि धेरै फाइदा पुग्ने बतान् ।

नेपाली राष्ट्रिय टोली तथा एपिएफकी स्पाइकर निरुता ठगुन्ना मधेशको मार्की खेलाडी हुन् । राष्ट्रिय टोलीकी संगम महतो र शान्तिकला तामाङ तथा यु २० का एलिशा मानन्धर र आशिका क्षेत्री पनि टोलीमा छन् ।

यस्तै हिरा केसी, पुजा थारु र जसना महतो पनि मधेश युनाइटेडको टोलीमा छन् । हिरा र पुजाले पनि राष्ट्रिय टोलीबाट खेलिसकेका छन् । राष्ट्रिय टोलीका सहायक प्रशिक्षक भरत यादव टोलीको‌ प्रशिक्षकमा छन् । इडब्लुभिएलमा ६ टोलीको सहभागिता रहनेछ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.