default_image

7 months ago

August 17, 2024

एरिका र स्यान्टु हाम्रो खेलकुद वर्षका उत्कृष्ट खेलाडी

1062 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- करातेकी एरिका गुरुङ र टेबलटेनिस स्यान्टु श्रेष्ठ वर्षको‌ उत्कृष्ट खेलाडीबाट सम्मानित भएका छन्।

हाम्रो खेलकुदको नवौं वार्षिकोत्सवको उपलक्ष्यमा शनिवार ललितपुरको‌ एकान्तकुनास्थित कोरियन बिबिक्यूमा भएको कार्यक्रममा एरिका र स्यान्टु उत्कृष्ट खेलाडीबाट सम्मानित भएका थिए।

राष्ट्रिय खेलकुद परिषद (राखेप) टंकलाल घिसिङ र हाम्रो खेलकुदका सम्पादक प्रकाश तिमल्सिनाले सम्मान गरेका थिए। उनीहरूले अवार्ड सहित २५ हजार रुपैयाँ प्राप्त गरे। स्यान्टुको तर्फबाट प्रशिक्षक राजेन्द्र कपालीले अवार्ड ग्रहण गरेका थिए।

एरिकाले गत वर्ष चीनमा भएको १९औं एसियाली खेलकुद (एसियाड) मा रजत पदक जितेकी थिइन्। स्यान्टु पेसिस ओलम्पिकका‌ लागि छनोट हुन सफल भएका थिए।

सन् २००४ को एथेन्स ओलम्पिकमा तेक्वान्दोकी संगिना वैध र २००८ को बेजिङ ओलम्पिकमा तेक्वान्दोका दीपक विष्ट पछि छनोट हुने स्यान्टु तेस्रो नेपाली खेलाडी हुन्।

सुदीप मिडिया एन्ड इभेन्टस प्रालिको हाम्रो खेलकुद डटकम २०७२ साउन १९ गतेबाट सन्चालनमा आएको हो । सुदीप मिडियाका अध्यक्ष सुबास हुमागाईंले यो यात्रामा सहयोग गर्नुे सबैलाई स्वागत गर्दै अनलाइन सन्चालन चुनौतीपूर्ण रहेको बताएका थिए।

राखेपका‌ सदस्य सचिव घिसिङ, नेपाल भलिबल संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्द, प्रशिक्षक कपाली, एरिकाले हाम्रो खेलकुदको‌ वार्षिकोत्सवको लागि बधाई दिएका थिए । सोही अवसरमा सहयोगी र प्रायोजकहरूलाई हाम्रो खेलकुदका सम्पादक तिमल्सिनाले मायाको चिनो प्रदान गरेका थिए।

सो अवसरमा तिमल्सिनाले सहयोगी सबैलाई धन्यावाद दिदै खेलकुद अनलाइन खेलकुद पत्रकारिता चुनौतीपूर्ण रहेको बताएका थिए।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.