default_image

7 months ago

August 17, 2024

कोशीमा १० औं राष्ट्रिय खेलकुदबारे अन्तरक्रिया

528 views

0 Bookmark

हिमाल खरेल, बिर्तामोड

कर्णाली प्रदेशमा यसै वर्ष हुने १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताका बारेमा कोशी प्रदेश खेलकुद विकास बोर्डले खेल संघ र विकास समितिहरुसँग अन्तरक्रिया गरेको छ ।

विराटनगरमा भएको कार्यक्रममा बोर्डका अध्यक्ष तथा सामाजिक विकासमन्त्री पाँचकर्ण राईले
कोशी प्रदेशले १० औँ राष्ट्रिय खेलकुदमा अधिकतम पदक जित्नेगरी तयारीमा लाग्न आग्रह गरे ।

मन्त्री राईले प्रदेशका खेलकुद क्षेत्रका सबै सरोकारवालाहरूले एकताका साथ कोशी प्रदेशलाई पहिलो स्थानमा पुर्याउने गरी आवश्यक तयारी गर्नुपर्ने जिकिर गरे ।

कार्यक्रममा बोर्डका सदस्य सचिव कृष्ण (पर्शुराम) बस्नेतले आफ्नो कार्यकालमा राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडी तथा प्रशिक्षकहरूलाई बोर्डले अधिकतम सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

बस्नेतले जिल्ला खेलकुद विकास समितिमार्फत प्रत्येक जिल्लामा खेल संघहरूको सहकार्य र समन्वयमा प्रतियोगितालक्षित आयोजना अघि बढाउने जानकारी गराएका थिए ।

प्रदेशका १४ वटा जिल्लाका जिल्ला खेलकुद विकास समितिको प्रतिनिधित्व गर्दै झापाका अध्यक्ष तथा करातेका पूर्वअन्तराष्ट्रिय खेलाडी प्रशान्त भण्डारीले खेलकुदमा जनशक्तिको अभाव पूर्ति गर्न मन्त्रालयले तत्काल नयाँ प्रशिक्षकरूको नियुक्त गर्नुपर्ने माग राखे ।

भण्डारीले मन्त्रालयलाई बोर्डमार्फत राष्ट्रिय खेलकुदमा धेरैभन्दा धेरै पदक जित्न जिल्ला खेलकुद विकास समितिलाई विश्वासमा लिएर योजना बनाउन आग्रह गरेका थिए ।

कार्यक्रममा कोशी प्रदेश गल्फ संघका अध्यक्ष सुयेश प्याकुरेल, कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईलगायतले आआफ्नो धारणा राखेका थिए ।

अन्तरक्रिया कार्यक्रममा बोर्डका सदस्य तथा विभिन्न खेलकुद संघका प्रदेश अध्यक्ष, सचिव, खेलका प्रशिक्षकहरू, १४ वटै जिल्लाका खेलकुद विकास समितिका अध्यक्षलगायतको सहभागिता रहेको थियो ।
१० औँ राष्ट्रिय खेलकुद कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा यही मंसिर २ गतेदेखि ९ गतेसम्म आयोजना हुँदैछ ।

यसअघि गण्डकीमा सम्पन्न नवौँ राष्ट्रिय खेलकुदमा कोशी प्रदेशले ३६ वटा खेलमा १० स्वर्ण, २३ रजत र ५० कास्यसहित ८३ पदक जितेको थियो ।

तत्कालीन प्रदेश १ का लागि युकेश योञ्जनले सफ्ट टेनिसमा सर्वाधिक ३ स्वर्ण र एक रजत प्राप्त गरेका थिए । विकास कुमालले पौडीमा २ स्वर्ण र एक रजत पदक पाएका थिए ।

आइटिएफ तेक्वान्दोमा कुसुम राजवंशी, रोशन मगर र वीरबहादुर तामाङमार्फत ३ स्वर्ण पाएको कोशीका लागि शारीरिक सुगठनका अवतार श्रेष्ठ र बक्सिङकी त्रिसा जवगूले स्वर्ण पदक ल्याएका थिए ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.