default_image

7 months ago

August 16, 2024

काभा नेसन्स लिग भलिबल – रजत विजेतालाई सरकारले जनही ३ लाख

626 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- काभा महिला नेसन्स लिग भलिबल च्याम्पियनसिपमा दोस्रो भएको नेपाली टोलीलाई सरकारले नगदसहित पुरस्कृत गर्ने निर्णय गरेको छ।

टोलीका १४ खेलाडीले जनही ३ लाख रुपैयाँ, प्रशिक्षकलाई २ लाख र सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोले जनही १लाख २० हजार रुपैयाँ पुरस्कार दिने सरकारले बिहीवार बसेको मन्त्री परिषद्ले निर्णय गरेको प्रधानमन्त्री केपी‌ ओलीले शुक्रवार सामाजिक सञ्जालमार्फत जानकारी दिएका‌ छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राखेपको‌ कार्यकारी समितिको शुक्रवार बसेको बैठकले युवा तथा खेलकुद मन्त्रालय मार्फत नेपाल सरकारलाई टोली नगद पुरुस्कारका लागि सफारिस गर्ने निर्णय गरेको राखेपले जनाएको थियो ।

राखेपले राष्ट्रिय खेलकुद विकास नियमावली अनुसार पुरस्कारको सिफारिस गरेको हो । गत साता सम्पन्न काभामा नेपालले रजत पदक प्राप्त गरेको थियो। फाइनलमा‌ नेपाल भारतसँग ३-२ ले पराजित भएको थियो।

काठमाडौं महानगरपालिकाले बिहीवार टोलीका सदस्यलाई जनही १ लाख रुपैयाँबाट पुरस्कृत गरेको थियो। नेपाल भलिबल संघले लाभाको टिकट विक्रीबाट संकलित रकम मध्येबाट टोलीका सदस्यलाई जनही ५० हजार रुपैयाँले‌ पुरस्कृत गर्ने शनिवार निर्णय गरेको छ।

March 24, 2025

घोडचढी संघलाई सम्झौता पालना नगरेकोमा ओसिएको पत्र

काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले नेपाल घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकारले सम्झौता पालना नगरेकोमा आश्चार्य व्यक्त गरेको छ। ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले सोमवार राजकर्णिकारलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध दायर मुद्दा अझै फिर्ता नलिएकोमा आश्चर्य व्यक्त गरेका हुन् । फागुन २७ गते कुवेतमा ओसिएको रोहवरमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र […]

March 22, 2025

निमालाई सुरुङ्गा सहकार्य साइकल दौडको उपाधि

हिमाल खरेल, बिर्तामोड झापाको कनकाईस्थित सुरुङ्गा सहकार्य युवा क्लबले आयोजना गरेको खुला साइकल दौड प्रतियोगितमा उदयपुर गाईघाटका निमा शेर्पा विजयी भएका छन् । निमाले १५ किलोमिटर दूरी २९ मिनेट २९ सेकेन्डमा पूरा गरे । उपाधिसँगै उनले १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाए । त्यस्तै, प्रतियोगितामा झापा मेचीनगरका अर्जुन बस्नेत दोस्रो भए । उनले ३० […]

March 22, 2025

काल्खु मेलामा पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]

Success

Thank you for your time.