default_image

7 months ago

August 15, 2024

नवौं राष्ट्रियका पदक विजेता बागमतीका खेलाडीलाई पुरस्कृत गरिने!

680 views

0 Bookmark

हेटौंडा (हाम्रो खेलकुद)- नवौं रष्ट्रिय खेलकुद प्रतियोगितामा बागमतीबाट प्रतिनिधित्व गर्दै पदक जितेका खेलाडिहरुले प्रदेश सरकारको तर्फबाट प्रोत्साहन स्वरुप नगदसहित पुरस्कार पाउने भएका छन् ।

२०७९ असोज २८ देखि कात्तिक ३ गते सम्म गण्डकी प्रदेशमा भएको प्रतियोगितामा विभिन्न पदक जितेका खेलाडीहरुलाई नगदसहित पुरस्कृत गर्ने तयारीका साथ काम भइरहेको युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले जानकारी दिए ।

प्रतियोगिता सम्पन्न भएपश्चात् तत्कालिन खेलकुदमन्त्री रन्तप्रसाद ढकालले पदक प्राप्त खेलाडीहरुलाई नगदसहित पुरस्कृत गर्ने घोषणा गरेको भएतापनि हालसम्म सो पुरस्कार वितरण भएको थिएन । घोषणा भएको २ वर्षपछि नवनियुक्त मन्त्री महर्जनले पुरस्कार वितरणको लागि तयारी तीब्र पारिएको जानकारी दिए ।

‘त्यतिबेला मन्त्रालयले रकम माग गर्दा त्रुटि भएको रहेछ । अर्थ मन्त्रालयले आवश्यक भन्दा बढी रकम मागियो भनेर सहमति नदिएपछि मन्त्रिपरिषद् बैठकमै लैजान समस्या भएको रहेछ । अर्थमन्त्रीज्यू र मुख्यमन्त्रीज्यूसँग कुराकानी भयो, उहाँहरु पूर्ण रुपमा सकारात्मक हुनुहुन्छ । हामी १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता भन्दा अगावै खेलाडिहरुलाई पुरस्कार बाँड्छौँ ’ मन्त्री महर्जनले भने ।

उनले आफु पनि खेलकुद क्षेत्रकै व्यक्ति भएकाले खेलाडीको मर्का बुझ्दै पुरस्कार वितरण कार्यलाई तीब्रता दिइएको बताए । लगानी बढाउँदै खेलकुद पूर्वाधारको विकास र खेलाडीको हितका लागि मन्त्रालयले तीब्रताका साथ काम गर्ने उनले बताए ।

अघिल्लो आर्थिक वर्षमा खेलकुद मन्त्रालयले पुरस्कार वितरणको लागि २ करोड २४ लाख रुपैयाँको लागि अर्थ मन्त्रालयसँग सहमति मागेको भएता पनि सहमति नआउँदा त्यतिबेला पुरस्कार वितरण गर्न नसकिएको मन्त्रालयका सचिव रुद्रप्रसाद लामिछानेले बताए ।

मन्त्रालयले स्वर्ण विजेता खेलाडीलाई जनही १ लाख, रजत विजेता खेलाडीलाई जनही ७५ हजार र कास्य पदक विजेता खेलाडीलाई जनही ५० हजार रुपैयाँ सहित सम्मान गर्ने निर्णय गरेको थियो ।

आजै नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले उक्त प्रतियोगिताको पुरस्कार खेलाडिहरुलाई प्रदान गर्न भन्दै मन्त्री मजर्हनको ध्यानाकर्षण गराएको थियो । संघका केन्द्रीय सदस्य अजित गुरुङको नेतृत्वको समूहले खेलाडीहरुलाई निराश बनाउन नहुने पुरस्कार वितरण गर्न अनुरोध गरेको थियो ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.