7 months ago
August 14, 2024
काठमाडौं (हाम्रो खेलकुद)- एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड अर्को महिना आयोजना हुने भएको छ। नेपाल खेलकुद पत्रकार मञ्चले बुधबार पत्रकार सम्मेलनमार्फत अवार्ड भदाै २८ गते आयोजना हुने जानकारी दिएको छ।
महाभुकम्पका कारण २०७२ बाहेक २०६० देखि अवार्ड आयोजना हुँदै आएको छ। पत्रकार सम्मेलनमा पल्सर नेपाल र मञ्चबीच अवार्डको मुख्य प्रायोजनको सम्झौता भएको छ । पल्सर नेपाल र मञ्चबीच यो सहकार्यको १६ औं वर्ष हो।
गोच्छा ग्रुपका प्रबन्ध निर्देशक अभिमन्यु गोल्छा र मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) ले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
स्पोर्टस अवार्डको यो २१ औं संस्करण हो। यस वर्ष अवार्डमा १० विधा समावेश गरिएको मञ्चका महासचिव प्रज्वल ओलीले जानकारी दिए।
वर्षका उत्कृष्ट पुरुष खेलाडी, वर्षका उत्कृष्ट महिला खेलाडी, वर्षका उत्कृष्ट युवा खेलाडी, वर्षका उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, टिम अफ दी एयर, लाइफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड विधा रहने बताइएको छ।
वर्ष खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपल्स च्वाइसको मनोनयन केही दिनमै सार्वजनिक गरिने जानकारी गराइएको छ । यसका लागि मञ्चले खेलाडी छनोट समितिले काम सुरु गरिसकेको बताइएको छ ।
टिम अफ दी एयर, लाइफटाइम अचिभमेन्ट, स्पेसल, पारा एथलिट र एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड विधामा भने मनोनयन हुने छैन। यससँगै सम्पूर्ण विजेताको घोषणा अवार्ड कार्यक्रमकै दिनमा गरिनेछ ।
गोल्छा ग्रुपको पल्सर नेपालले वर्ष खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस, प्रशिक्षक र युवा खेलाडी गरी ५ विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्रदान गर्नेछ । पिपल्स च्वाइसको विजेताले पल्सरको एनएस ४ सय र अन्य ४ विधाकाले एनएस २ सय प्राप्त गर्नेछन्।
अन्य चार विधा टिम अफ दी एयर, लाइफटाइम अचिभमेन्ट, स्पेसल, पारा एथलिट अन्य विधाका विजेतालाई १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यि गतवर्षहरुमा ५० हजार रुपैयाँ पाउने गरेका थिए।
एआईपीएस एसिया कंग्रेस काठमाडौंमा
स्पोर्टस अवार्ड कार्यक्रमलाई पूर्वसन्ध्यांमा एआईपीएस एसिया कंग्रेस पनि आयोजना गर्न लागेको मञ्चले जनाएको छ। कंग्रेस भदौ २५ देखि २८ सम्म हुनेछ । कंग्रेसमा एसियाका ३३ देशका खेलकुद पत्रकारहरुको उपस्थिति रहनेछ बताइएको छ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]