default_image

5 months ago

August 14, 2024

साफ‌ यु २० च्याम्पियनसिप – एक्सन स्पोर्टसले प्रत्यक्ष प्रसारण गर्ने

2715 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- अर्को साता सुरु हुने साफ‌ यु २० च्याम्पियनसिप फुटबलको‌ एक्सन स्पोर्टस एचडीले वानले‌ प्रत्यक्ष प्रसारण गर्ने भएको छ।

१० दिनसम्म चल्ने प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्ने सम्झौता भएको डिश मिडिया नेटवर्क लिमिटेडले जानकारी दिएको छ।

दशरथ रंगशालामा आइतवार सुरु हुने च्याम्पियनमा नेपालसहित ६ राष्ट्रको सहभागिता रहनेछ । समूह ए मा नेपालसहित बंगालादेश र श्रीलंका छन् । भारत,भुटान र माल्दिभ्स समूह बीमा छन्।

नेपालले उद्घाटनमा श्रीलंकाको सामना गर्नेछ। समूह चरणको खेलपछि समूहका‌ शीर्ष २ टोली‌ सेमिफाइनलमा पुग्नेछन्। फाइनल भदौं १२ गते हुनेछ।

January 10, 2025

एनकेएलको उद्घाटन खेलमा काठमाडौं र पोखरा भिड्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल कबड्डी लिग (एनकेएल) को खेल तालिका शुक्रवार सार्वजनिक गरिएको छ । माघ ४ गते हुने उद्घाटन खेलमा काठमान्डु माभरिक्स र पोखरा लेकर्सबिच प्रतिस्पर्धा हुनेछ । एस्ट्रोनिक्स म्यानेजमेन्टले आयोजना गर्ने एनकेएलको पहिलो सिजन फ्रेन्चाइज अवधारणमा ६ सहरका ६ टोलीले प्रतिस्पर्धा गर्दैछन् । विराटनगरले पहिलो खेलमा धनगढी वाइल्डक्याट्सको सामना गर्नेछ । जनकपुर नाइट्सले […]

January 10, 2025

सदभाव शीर्षस्थानमा कायमै

काठमाडौं (हाम्रो खेलकुद)- नेपालका नम्बर एक गल्फर सदभाव आचार्यले ३८औं बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपको तेस्रो दिन शुक्रवार ८-ओभर ८० को निराशाजनक प्रदर्शन गरे। यो स्कोरमा ५४ होलको खेल सकिंदा समग्रमा २-ओभर २१८ सहित चार स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा कायमै रहे। तर उनले ३६ होलको समाप्तिमा बनाएको ८ स्ट्रोकको सानदार अग्रतालाई जोगाउन सकेनन्। सदभावले बंगलादेशका मोहम्मद […]

January 9, 2025

नेपाललाई‌ टिम इभेन्टमा स्वर्ण, सदभावको अग्रता कायमै

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले ३८औं बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपको टिम इभेन्टमा स्वर्ण पदक जितेको छ। नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य र राहुल विकेको जोडीले बिहीवार इभन-पार २८८ स्कोर गर्दै स्वर्ण जितेका हुन। बंगलादेशको ‘बी’ टिमलाई १६ स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै नेपालले प्रभावशाली जित निकालेको हो। सदभावले लगातार दोस्रो दिन ३-अन्डर ६९ को स्कोर […]

Success

Thank you for your time.