8 months ago
August 11, 2024
काठमाडौं (हाम्रो खेलकुद) – एभरेस्ट महिला भलिबल लिगका लागि सहभागी ६ टोलीका मार्की खेलाडीको नाम सार्वजनिक गरिएको छ ।
इन्फिनिटी ड्रिम्स प्रालिले आयोजना गर्न लागेको लिगमा सहभागी हुने मार्की खेलाडीको नाम आइतबार घोषणा गरिएको हो ।राष्ट्रिय टोली कप्तान अरुणा शाहीसहित ६ खेलाडी अलग अलग टोलीको मार्की खेलाडी चुनिएका हुन् । अरुणा चितवनको मार्की रहेकी छिन् ।
मार्की हुनेमा सरस्वती चौधरी गण्डकी, सलिना श्रेष्ठ ललितपुर, निरुता ठगुन्ना मधेश, उषा भण्डारी काठमाडौं र सुमित्रा रेग्मी कर्णालीबाट खेल्नेछन् ।
नेपाल भलिबल संघ सँगको समन्वयमा इन्फिनिटीले मार्कीको नाम सार्वजनिक गरेको हो । अब टोलीको छनोट पनि आन्तरिक ड्राफ्टमार्फत नै हुनेछ । विगतमा नेपालमा भएका सफल फ्रेन्चाइज लिगमा सार्वजनिक रुपमा ड्राफ्ट आयोजना भएपनि यसपटक आन्तरिक रुपमा खेलाडी छनोट हुनेछ ।
हरेक टोलीमा ३ विदेशीसहित १२ खेलाडी राख्न पाउने व्यवस्था छ । २ खेलाडी ट्यालेन्ट हन्टबाट छनोट गरिने यसअघि नै बताइएको छ ।
व्यावसायिक नेपाली खेलाडीलाई ३ श्रेणीमा विभाजन गरि न्युनत्तम मुल्य तोकिएको छ । ए श्रेणीको लागि १ लाख ५० हजार, बीको लागि १ लाख र सीको लागि ५० हजार रुपैयाँ तोकिएको छ ।
लिगका लागि यसअघि नै इन्फिनिटी ड्रिम्सले नेपाल भलिबलसँग सम्झौता गरेको थियो । आमिर अख्तर इन्फिनिटीको संस्थापक अध्यक्ष हुन् । अख्तरको नेतृत्वमा यसअघि एभरेस्ट प्रिमियर लिग फ्रेञ्चाइज क्रिकेट आयोजना गरेका थिए ।
मार्की खेलाडी :
चितवन – अरुणा शाही
गण्डकी – सरस्वती चौधरी
ललितपुर – सलिना श्रेष्ठ
मधेश – निरुता ठगुन्ना
काठमाडौं- उषा भण्डारी
कर्णाली – सुमित्रा रेग्मी
March 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले नेपाल घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकारले सम्झौता पालना नगरेकोमा आश्चार्य व्यक्त गरेको छ। ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले सोमवार राजकर्णिकारलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध दायर मुद्दा अझै फिर्ता नलिएकोमा आश्चर्य व्यक्त गरेका हुन् । फागुन २७ गते कुवेतमा ओसिएको रोहवरमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र […]
March 22, 2025
हिमाल खरेल, बिर्तामोड झापाको कनकाईस्थित सुरुङ्गा सहकार्य युवा क्लबले आयोजना गरेको खुला साइकल दौड प्रतियोगितमा उदयपुर गाईघाटका निमा शेर्पा विजयी भएका छन् । निमाले १५ किलोमिटर दूरी २९ मिनेट २९ सेकेन्डमा पूरा गरे । उपाधिसँगै उनले १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाए । त्यस्तै, प्रतियोगितामा झापा मेचीनगरका अर्जुन बस्नेत दोस्रो भए । उनले ३० […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]