5 months ago
August 11, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले काभा यु २० महिला भलिबल च्याम्पियनसिपमा कास्य पदक जित्ने नेपाली टोलीलाई नगदबाट पुरस्कृत गर्ने भएको छ ।
माल्दिभ्समा ३ साता भएको च्याम्पियनसिपमा नेपालले तेस्रो स्थान प्राप्त गरेको थियो । टोली हरेक सदस्यलाई १५ हजार रुपैयाँ दिने संघले शनिबार निर्णय गरेको छ ।
काठमाडौं बुधकार सम्पन्न काभा महिला नेन्सन्स लिगको समिक्षा बैठकका दौरान बीच भलिबलको पदक विजेता टोलीलाई नगदले पुरस्कृत गर्ने निर्णय भएको संघका महासचिव रोशन श्रेष्ठले जानकारी दिए । काभा नेसन्स लिगकै टिकट विक्रीबाट संकलन भएको रकमबाट पुरस्कृत गर्ने संघले निर्णय गरेको छ ।
January 7, 2025
सुमन अधिकारी,बुटवल नेपाल पुलिस क्लब बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप–२०८१ को फाइनलमा पुगेको छ । मंगलवार भएको पहिलो सेमिफाइनलमा भारतको गुजरात प्रदेश भलिबल एसोसियसनलाई संघर्षपूर्ण खेलमा हराउँदै फाइनलमा पुगेको हो । पुलिसले गुजरातलाई ३–१ को सेटमा हराएको हो । पुलिसले पहिलो सेटमा २५–२७ ले गुमाएपनि दोस्रो सेट २५ – […]
January 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल कबड्डी लिग (एनकेएल) खेल्नका लागि विदेशी खेलाडी र प्रशिक्षक काठमाडौं ओउन थालेका छन् । भारतबाट दुई प्रशिक्षक, केन्या र बंगलादेशबाट ५ जना खेलाडी आइसकेका छन् । त्रिपुरेश्वरस्थित कभर्डहलमा जनवरी १७ देखि हुने एनकेएलको पहिलो सिजनमा काठमाडौं ओर्लने पहिलो विदेशी आलोक सिंह बने । यी भारतीय प्रशिक्षक काठमाडौं माभरिक्सको टोलीले सम्हाल्नेछन्। […]
January 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ब्यायाम मन्दिरको आयोजनामा १७ औं धर्मश्री शारीरिक सुगठन प्रतियोगिता चैतमा हुने भएको छ । धर्मश्री सँगै अन्य तीन विधा आगामी चैत ७ देखि ९ गतेसम्म कमलादीस्थित प्रज्ञा भवन कमलादीमा हुने सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । चैतको ७ गते वेइङ, चैत ८ गते प्र–जिजङ तथा ९ गते अन्तिम चरणको प्रतिस्पर्धा […]