7 months ago
August 10, 2024
काठमाडौं (हाम्रो खेलकुद)– विद्यालय स्तरीय बुद्धिचाल प्रतियोगिताको सिनियर छात्रामा ग्रिनहिल स्कुलकी एन्जल महर्जन र छात्रतर्फ अरुणिमा सेकेन्डरी स्कुलका शीर्ष वरियता १७४४ रेटेड सजल न्यौपाने उपाधि जितेकी छिन् ।
१४३२ रेटड छात्राकी शीर्ष वरियताकी एञ्जलले ७ अंक जोड्दै उपाधि जितेकी हुन् । रिलायन्स पब्लिक स्कुलका राधिका पौडेल ६ अंकसहित दोस्रो, त्रियोग हाइ स्कुलका परिधि खत्री ५.५ अंकसहित तेश्रो स्थान प्राप्त गरिन् । जेम्स स्कुलकी ताचिता अग्रवाल तेस्रो भइन् ।
नेपाल प्रहरी स्कुल सामाखुसीमा सम्पन्न प्रतियोगितामा सजलले ७ मा ६ खेलमा जित र १ खेल बराबर गर्दै ६.५ अंक सहित उपाधि जितेकी हुन । उनले ७ हजार र ट्रफी प्राप्त गरे ।
नितेन मेमोरियल स्कुलका अनरेटेड दिपक गोले ६ अंक जोड्दै दोश्रो स्थान प्राप्त गरे । ६ अंक सहित मनकामना सेकेण्डरी स्कुलका अनरेटेड प्रतीक सुवेदी तेस्रो भए । जेम्स स्कुलका एन्सिल शाक्यले चौथो स्थान प्राप्त गरिन् । दिपकले ५ हजार, प्रतीकले ३ हजार र एन्सिलले २ हजार रुपैयाँ प्राप्त गरे ।
छात्र जुनियर प्रतिस्पर्धामा काठमाडौ प्रज्ञाकुञ्ज स्कुलका कशिभ कार्की विजयी भए । ६ अंक जोडेर कशिभले प्रथम भएका हुन् । ६ अंक जोड्दै सूर्योदय सेकेण्डरी स्कुलका अग्रिम शैंजु, अरुणिमाका सिद्धार्थ लामा तेस्रो र बृहस्पती विद्या सदनका अर्हान्त महर्जन चौथो भए ।
नेपाल प्रहरी स्कुल सामाखुशीको आयोजना दुई दिने छात्र र छात्रा समूह ¥यापिड चेस प्रतियोगिताको आयोजना गरेको हो । उपत्यकाका एक विद्यालय एक खेलाडी गरी १ सय ८९ विद्यार्थीले प्रतियोगितामा भाग लिएका थिए । सिनियर छात्रामा ४५, सिनियर छात्रमा ७१ जना, छात्र जुनियर तर्फ ७३ जना खेलाडी प्रतियोगितामा भाग लिएका थिए ।
March 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]