7 months ago
August 7, 2024
काठमाडौं (हाम्रो खेलकुद)- काभा महिला भलिबल नेसन्स लिगको उपाधि जितेको भारतका खेलाडी व्यक्तिगत अवार्डमा पनि वर्चस्व कायम गरेका छन् ।
भारतले व्यक्तिगत ८ मध्ये ४ विधामा अवार्ड हात पार्यो।
प्रतियोगिताको मोस्ट भ्यालुएबल प्लेयर भारतकी सालिनी सर्भानन बनिन्।
उपाधि विजेता भारतको यात्रामा सालिनीको योगदान महत्वपुर्ण रहेको थियो। उनले बेस्ट आउटसाइड हिटर २ को अवार्ड पनि जितिन्। उनी व्यक्तिगततर्फ दुई अवार्डको हकदार बनिन्।
भारतककी सूरिया थोतन्गल बेस्ट मिडल ब्लकर १ को अवार्ड जित्न सफल भइन्। भारतकी जुही शाले बेस्ट सेटरको उपाधि जितिन्।
रजत पदक विजेता नेपालले २ व्यक्तिगत अवार्ड प्राप्त गर्यो। सलिना श्रेष्ठले बेस्ट लिबेेरो र सरस्वती चौधरीले बेस्ट अपोजिट प्लेयरको अवार्ड हात पारिन् ।
प्रतियोगितामा तेस्रो भएको युवा टोली इरानले पनि २ व्यक्तिगत अवार्ड आफनो नाममा लेखायो। इरानकी मसोमेह घदामी बेस्ट आउटसाइड हिटर १ को अवार्ड जित्न सफल रहिन्। यस्तै मोबिना घराफानलाई बेस्ट मिडल ब्लकर २ को अवार्ड प्रदान गरियो।
५ राष्ट्र सम्मिलित प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने राष्ट्रले व्यक्तिगततर्फको अवार्ड प्राप्त गरे। श्रीलंका र माल्दिभ्सका खेलाडीले कुनै पनि व्यक्तिगत अवार्ड जित्न सकेनन्।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा बुधवार भएको फाइनलमा नेपाललाई ३-२ ले हराउँदै भारत काभा नेसन्स लिगमा च्याम्पियन बनेको हो । श्रीलंकालाई हराउँदै इरान प्रतियोगितामा तेस्रो भयो ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]