default_image

7 months ago

August 7, 2024

भारतलाई काभा भलिबल नेसन्स लिग उपाधि, नेपाल स्तब्ध

3043 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोलीलाई ५ सेटको खेलमा रोमाञ्चक नतिजामा हराउँदै दक्षिण एसियाली जाइन्ट भारत काभा महिला भलिबल नेसन्स लिगको उपाधि जित्न सफल भएको छ।
घरेलु समर्थकका बीच पहिलो पटक उपाधि जित्ने सुनौलो मौका नेपाली टोलीले फेरि एक‌ पटक गुमाएको छ।

कप्तान अरूणा शाहीको सर्भिससँगै सुरू भएको फाइनल खेलको पहिलो सेटमा नेपालले लगातार ३ अंक जोड्यो। तर बलियो प्रतिद्वन्द्वी भारतले केहि बेरमै ३-३ को बराबरीमा पुर्यायो। अंक जोड्ने होडबाजी दुवै टिमको थियो।

नेपाललाई भरपुर दर्शकको साथ थियो। ब्लकमा मजबुत भारतले नेपाललाई चुनौती दिदै १८-१४ को अग्रता बनायो। यही अग्रतालाई निरन्तरता दिएको भारतले २३-२० को अग्रता बनाउँदा भारत पहिलो सेटको जित नजिक थियो। तर थप दुई अंक जोड्न नेपालले दिएन। लगातार ४ अंक जोडेर नेपालले उत्कृष्ट शैलीमा पहिलो सेट २५-२३ ले जित्दै १-० को अग्रता बनायो।

दोस्रो सेटमा भने भारत हाबी बन्यो। भारतको अट्याकलाई नेपालको डिफेन्सले रोक्न सकेन। कमजोर नेपाली ब्लकको फाइदा उठाउँदै भारतले १३-७ को अग्रता बनायो। यसपछि निरन्तर अंक जोडेर नेपाललाई मात्र १४ अंकमा रोक्यो। यो सेट नेपालले १४-२५ ले गुमायो। भारत खेललाई १-१ को बराबरीमा पुर्याउन सफल रह्यो।

तेस्रो सेटमा भने नेपाल कमब्याक गर्न सफल भयो। कुनै पनि समय यो सेटमा भारतले अग्रता बनाउन सकेन। ११-७ को अग्रता बनाएपछि नेपाललाई सहज भयो। ११-१४ ले पछि परेपछि भने भारतले कप्तान तथा सेटर जिनी कोभात साजीलाई कोर्टमा उतार्यो। डेंगुको कारण उनले पहिलो खेल खेलेपछि कुनै खेल खेलेकी थिइनन्। उनलाई कोर्टमा उतारे पनि यो सेट नेपालले २५-२२ ले जित्यो। खेलमा नेपालले २-१ को अग्रता बनायो।

खेलमा टिकीराख्न भारतलाई चौथो सेट जित्नै पर्ने थियो। सोही अनुरूप भारतले दमदार प्रदर्शन गर्यो। उत्कृष्ट डिफेन्सका साथ भारतले कुनैपनि समय नेपाललाई अग्रता बनाउन दिएन। २५-२१ ले भारतले चौथो सेट जितेपछि खेल २-२को बराबरीमा पुग्यो। खेल पाँचौ सेटतर्फ धकेलियो।

पाँचौ सेटमा भने नेपाल सुरूवात देखि नै पछि पर्यो। ३-० को भारतले अग्रता बनाएपछि नेपालले कमब्याक गर्न नै सकेन। ११-५ ले भारत अघि रहँदा नेपाल हार नजिक पुगेको थियो।

फेरि यो पटक नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग) को इतिहास दोर्याएर भारत च्याम्पियन बन्यो। पाँच वर्ष अगाडि नेपाल स्वर्ण को लागि भारतसँग नै पाँचौ सेटमा हारेको थियो। नेपाललाई मात्र ५ अंकमा रोकेर भारतले पाँचौ सेट १५-५ ले जित्दै भारतले नेपाललाई स्तब्ध बनायो।

नेपालले लिग चरणमा भारतलाई हराएपनि फाइनलमा भने नेपाल पराजित हुन पुग्यो।

आजको खेलमा दर्शकको उपस्थिति उल्लेख्य मात्रामा थियो। टिकट दर १५ सय राखिएको थियो। खुट्टा टेक्ने ठाउँ सम्म कभर्ड हलमा थिएन। धेरै ढोका बन्द गर्दा टिकट काटेका दर्शकले समेत हल प्रवेश गर्न पाएनन। भीड थाम्न सुरक्षाकर्मीलाई हम्मे हम्मे परेको थियो।

February 23, 2025

खेलकुद पत्रकार मन्चका अध्यक्ष सुवेदीलाई पितृशोक

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीलाई पितृशोक परेको छ। उनका बुवा ७३ बर्षे तारानाथ सुवेदीको उपचारका क्रममा काठमाडौं मोडल हस्पिटलमा आज दिउँसो २ बजे निधन भएको हो । पछिल्लो केही समययता मुटुको समस्याका कारण उनको उपचार भईरहेको थियो । उनको श्रीमती, एक छोरा र एक छोरी छन् । उनको आजै पशुपतिको […]

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 17, 2025

च्याम्पियन मार्सल आर्ट्सलाई चार पदक

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]

Success

Thank you for your time.