7 months ago
August 5, 2024
काठमाडौं (हाम्रो खेलकुद)- सेमिफाइनल पुगिसकेको भारत काभा महिला भलिबल नेसन्स लिगको शीर्ष स्थानमा रहन सफल भएको छ ।
भारतको जितसँगै नेपालको शीर्षस्थानमा पुग्ने सम्भावना सकिएको छ । श्रीलंकालाई सोमवार ३-० सेटले गराएसँगै भारतले शीर्षस्थान सुरक्षित गरेको छ।
भारतको जितपछि सेमिफाइनलको समीकरण पूरा भएको छ । इरानसँग आइतवार पराजित भएपछि शीर्षस्थानमा लिग चरणको अन्त्य गर्ने नेपालको लक्ष्य कमजोर भएको थियो।
अंक तालिकाको शिर्ष स्थानमा रहेको भारतले सेमिफाइनलमा फेरि श्रीलंकाको सामना गर्नेछ। श्रीलंकाले चौथो स्थानमा रहँदै लिग चरणको अन्त्य गरेको छ।
अर्को सेमिफाइनल नेपाल र इरानबीच हुनेछ । लिगको पहिलो र चौथो तथा दोस्रो र तेस्रो बीच सेमिफाइनल हुनेछ। लिगमा इरान र नेपाल दुई टोली दोस्रो र तेस्रोमा छन् ।
आज माल्दिभ्ससँगको खेल नेपालले जितेमा दोस्रो हुनेछ। ४ खेलमा भारतको १०, इरानको ७, श्रीलंकाको ४ अंक छ । आफ्नो अन्तिम खेल अघि नेपालको ६ र माल्दिभ्स अंक विहिन छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा सोमबार भारतले श्रीलंकालाई २५-१३, २५-२१, २५-२० ले हराएको हो ।
नेपाल र माल्दिभ्सबीच लिगको अन्तिम खेल आज दिउँसो ३ बजे सुरु हुनेछ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीलाई पितृशोक परेको छ। उनका बुवा ७३ बर्षे तारानाथ सुवेदीको उपचारका क्रममा काठमाडौं मोडल हस्पिटलमा आज दिउँसो २ बजे निधन भएको हो । पछिल्लो केही समययता मुटुको समस्याका कारण उनको उपचार भईरहेको थियो । उनको श्रीमती, एक छोरा र एक छोरी छन् । उनको आजै पशुपतिको […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]