8 months ago
August 4, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल युथ वन डे र्यापिड रेटिङ चेस प्रतियोगिता खुल्ला पुरूषोत्तम सिलवाल र रेटिङ्ग १७०० मुनि पदम कृष्ण श्रेष्ठले उपाधि जितेका छन्। प्रतिस्पर्धामा दुबै विधाका विजेताहरूले ७ खेलमा ६.५ अंक जोडेर अपराजित रहँदै विजयी भएका छन्।
सुबास कुमार गुरुङ्गको संयोजकत्वमा भएको प्रतियोगिताका विजेता पुरुषोत्तमले १५ हजार रुपैयाँ र अक्फित स्मार्ट वाच प्राप्त गरे। पदमकृष्णले १० हजार रुपैयाँ र अक्फित स्मार्टवाच प्राप्त गरेका छन् ।
पाभिलियन्स चेस एकेडेमीको आयोजनामा भएको प्रतियोगितामा कुल ९३ रुपैयाँ पुरस्कार थियो।
खुल्ला तर्फ दोश्रो देखि दशौं स्थानमा क्रमशः सुरोज महर्जन, सबिन चन्द्र घिमिरे, राम हरि कार्की, रमेश भण्डारी, अभीक शाह, पूर्णराज खड्का, सीएम सुश्रुत दाहाल, नबिन तण्डुकार, र कपिलदेव नाथ रहे।
सामाखुशी स्थित पुष्पकुञ्ज माविमा सञ्चालन भएको प्रतिस्पर्धामा रेटिङ्ग १७०० मुनि अनरेटेड खेलाडी द्रोन महर्जन दोस्रो र मनीष कुमार देव तेस्रो भए ।उत्कृष्ट चौथो देखि दशौं स्थानमा क्रमशः रमेश्वर मल्ल, नबिन कालौनी, राजु श्रेष्ठ, सम्यक श्रेष्ठ, ओम लामा, सुरेश राई, र केसी खगेन्द्र रहे।
March 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]