7 months ago
August 4, 2024
काठमाडौं (हाम्रो खेलकुद) – भुटानमा सम्पन्न काभा बिच भलिबल च्याम्पियनसिपमा पदक जितेको नेपाली महिला र पुरुष टोली आइतवार स्वदेश आइपुगेको छ।
कमला पुन र मनिषा चौधरीको जोडीले स्वर्ण पदक तथा मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडीले रजत पदक जितेको थियो।
नेपाल भलिबल संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्दसहित पदाधिकारीले बिच टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।
कमला र मनिषाको जोडीले शनिवार उज्वेकिस्तानलाई २–० को सोझो सेटमा हराउँदै च्याम्पियन बन्न सफल भएको हो । नेपालले २१–१७ र २१–१४ को सोझो सेटमा जित निकाल्यो ।
माल्दिभ्सको जोडीसँग २–० को सोझो सेटमा पराजित हुँदै मान बहादुर श्रेष्ठ र दिल बहादर सुनारको जोडीले दोस्रो स्थान हासिल गरेको हो । दुवै टोलीलाई रुपेश श्रेष्ठले प्रशिक्षण दिएका थिए।
नेपाली महिला जोडीले पहिलोपटक काभाको बिच भलिबलमा उपाधि जित्न सफल भएको हो ।
बिहीबार सुरु भएको च्याम्पियनसिपमा पुरुषमा १० टोली र महिलामा ७ टोलीको सहभागिता रहेको थियो । महिलामा नेपालसहित माल्दिभ्स, आयोजक भुटान र उब्जेकिस्तानको सहभागिता रहेको छ ।
नेपाल बाहेक सबै राष्ट्रबाट दुई टोलीले खेलेका थिए । पुरुषमा नेपाल, माल्दिभ्स, उज्वेकिस्तान, तुर्केमिनिस्तान र भुटानले प्रतिस्पर्धा गरेका थिए ।
यसअघि नेपालले दुई वर्षअघि बंगलादेशको कक्स बजारमा भएको एभिसी सेन्ट्रल जोन बिच भलिबलमा नेपालका पुरुष र महिला टोली दुवैले रजत पदक जितेको थियो ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]