8 months ago
August 3, 2024
काठमाडौं (हाम्रो खेलकुद)- काभा महिला नेसन्स लिगमा इरानले लगातार दोस्रो जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको खेलमा इरानले माल्दिभ्सलाई ३-० को सोझो सेटमा हराएको हो। इरानले माल्दिभ्सलाई २५-२१,२५-२०, २५-१६ ले हरायो ।
नेपालले भलिबलमा पहिलो पटक भारतलाई हरायो
स्पाइकरत्रय सरस्वती चौधरी, निरुता ठगुन्ना र उषा भण्डारीसँगै र लिवेरो सलिना श्रेष्ठको उच्च प्रदर्शनमा नेपाली महिला राष्ट्रिय भलिबल टोलीले भारतमाथि ऐतिहासिक जित दर्ता गरेको छ ।
काभा महिला भलिबल नेसन्स लिग अन्तरगत शनिबार भएको लिग चरणको खेलमा दक्षिण एसियाली जाइन्ट भारतलाई ३–२ को सेटमा पराजित गर्दै नेपालले ऐतिहासिक जित निकालेको हो । महिला भलिबलमा भारतमाथि नेपालको यो पहिलो जित हो ।
यसअघिका भेटमा नेपालले भारतलाई कडा चुनौती दिएपनि जित भने निकाल्न सकेको थिएन । सन् २०१९ मा नेपालमै भएको १३औ दक्षिण एसियाली खेलकुद (साग) अन्तरगतको खेलमा नेपाल जित नजिक पुगेर पनि जितबाट वचित बनेको थियो ।
त्यही बेला नै नेपालले भारतबाट सेटमा जित निकालेको थियो । गत वर्ष काभा नेसन्स लिग र एसियन गेम्समा पनि भारतसँग नेपाल निरिह बनेको थियो ।
खेलको पहिलो सेट नेपालले सहजै २५–१८ ले सहजै आफ्नो पक्षमा पार्यो । एक समय ५–५ को बराबरीबाट नेपालले ११–६ को अग्रता कायम गर्न सफल भयो । त्यही अग्रतालाई कायम राख्दै नेपालले सेट आफ्नो पक्षमा पार्न सफल भयो ।
दोस्रो सेटमा भने नेपालको प्रदर्शन फितलो बन्यो । भारतले उत्कृष्ट प्रदर्शन गर्दा नेपालको केही लागेन । दोस्रो सेट नेपालले १२–२५ ले सहजै गुमाउन पुग्यो । तेस्रो सेटमा भने नेपालले पहिलो सेटकै प्रदर्शनलाई निरन्तरता दिदै २५–१७ ले सहजै जित निकाल्यो ।
प्रतिस्पर्धात्मक बनेको चौथो सेट नेपालले १८–२५ ले गुमाउन पुग्यो । एक समय खेललाई १५–१८ को स्थितिमा ल्याएपनि त्यसपछि नेपालले सोचेअनुरुपको प्रदर्शन गर्न नसक्दा सेट पनि गुमाउन पुग्यो ।
प्रतिस्पर्धात्मक र रोमान्चक बनेको निर्णायक तथा पाँचौ सेटमा नेपालले ४–२ को अग्रता लिदै जिततर्फ अग्रसर बन्यो । नेपालले त्यही अग्रतालाई कायम राख्दै १५–१३ को सेटमा जित निकाल्दै भारतमाथि ऐतिहासिक जित निकाल्न सफल भयो ।
जितसँगै नेपालको २ खेलबाट ५ अंक पुगेको छ । ३ खेल खेलेको भारत ७ अंक जोडेर शीर्षस्थानमा छ । इरानको पनि ५ अंक र श्रीलंकाको ३ अंक छ । माल्दिभ्स अंक विहिन छ।
च्याम्पियनसिपमा नेपालसहित भारत, श्रीलंका, माल्दिभ्स र इरानको सहभागीता रहेको छ । शीर्ष चार टोलीले सेमिफाइनल खेल्नेछन् ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]