8 months ago
August 3, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपालको पुरुष राष्ट्रिय बिच भलिबल जोडी भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिपको फाइनलमा पुगेको छ।
राष्ट्रिय भलिबल टोलीका कप्तान समेत रहेका मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडी शनिबार आयोजक माल्दिभ्स बी जोडीलाई हराउँदै उपाधि नजिक पुगेको हो ।
भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ राष्ट्रिय रंगशालामा नेपाली जोडीले २१-१० र २१-१६ को जित निकालेको हो।
पहिलो दिन पराजित मान र दिलको जोडीले दोस्रो दिन लगातार तीन जित निकाल्दै अन्तिम चारको यात्रा तय गरेको थियो ।
यसअघि नेपालको महिला राष्ट्रिय बिच भलिबल जोडी च्याम्पियनसिपकोन महिलातर्फको फाइनलमा पुगेको थियो ।
कमला पुन र मनिषा चौधरीको नेपाली जोडीले
उज्वेकिस्तानको जोडीलाई शनिबार २-० को सोझो सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो ।
नेपाली जोडीले २१-१३, २१-१२ ले नतिजा आफ्नो पक्षमा पारेको थियो।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]