8 years ago
February 7, 2017
काठमाडौं (हाम्रो खेलकुद)– अल्ट्रा धाविका मिरा राई झन्डै दुई साताका लागि आज मंगलबार अमेरिका प्रस्थान गरेकी छिन नेसनल ज्योग्राभी च्यानलको एड्भेन्चररमा अफ दी एयर पिपल्स च्वाइस अवार्ड २०१७ की विजेता रहेकी मिरा अमेरिकाको आउट साइड म्यागेजिनको अन्तवार्ता र फोटो सुटका लागि त्यसतर्फ लागेकी हुन् । ट्रेल रन नेपालका प्रमुख रिचार्ड बुलले त्रिभुवन विमानस्थलमा विदाई गरे । त्यसअघि बालाजु एकेडेमीले मिरालाई विदाई गरेको थियो । मिरा साउथर्न चाईना एअरलाइन्सबाट जादै छिन।
च्यानलले केही महिना अघि विश्वका दस जनालाई मनोनयनमा राखेको अवार्डका लागि अनलाइन भोटिङका आधारमा मिरा विजयी भएकी थिइन् । अवार्ड जितेपछि आउटसाइडले अन्तवार्ताको लागि बोलाएको जानकारी दिदै मिराले भनिन्‘ अवार्डले मेरो मात्र होइन देशकै इज्जत बढेको महसुस गरेको छु । विश्वमै चर्चित म्यागेजिनले बोलाउँदा एउटा खेलाडीका नाताले जति खुसी लागेको छ, त्यो भन्दा बढी देशको समेत प्रतिनिधित्व गर्ने भएकाले त्यसमा गर्व महसुस भइरहेको छ । ’
सन् १९७७ बाट प्रकाशित आउटसाइडले आउटडोर खेलकुद, स्वास्थ्य, सहासिक खेललगायतलाई समेट्ने गरेको छ । आउटसाइडकै खर्चमा उनी अमेरिकाको क्यालिफोर्निया जान लागेकी हुन् । अल्ट्रा रेस सुरु गरेको छोटो समयमा सफलताका कारण चर्चा कमाएकी मिराले गतबर्ष घुँडाको शल्यक्रिया भएयता कुनै रेसमा भाग लिएकी छैनन् । अहिले उनले फिजियो सुरु गरेको जनाउँदै अब चार पाँच महिनापछि सक्रिय रेसमा फर्कने बताइन् ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]