7 months ago
August 3, 2024
सरिता श्रेष्ठ, काठमाडौं
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हल आज घरेलु समर्थकले खचाखच भरिनेमा कुनै दुईमत नै छैन। एक त शनिबारको दिन अनि काभा महिला भलिबल नेसन्स लिगमा नेपाल र भारतबीचको बहुप्रतिक्षित खेल तालिका । नेपाली समर्थकले भलिबललाई दिने साथ सँधै दरिलो रहने गरेको छ। झन् भारतसँगको खेलमा त दर्शकमा उत्साह बढी र बेग्लै हुनेछ।
दक्षिण एसियाली क्षेत्रमा महिला भलिबलमा भारत निर्विवाद सबैभन्दा बलियो टोली हो । त्यही बलियो भारतलाई नेपालले भलिबलमा आज सम्म हराउन सकेको छैन । ५ वर्षअघि स्वदेशमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) को फाइनल नेपाल भारतविरुद्ध जितनको नजिक पुगेर निराश भएको थियो । पाँचौं सेटमा पुगेको खेल जित्दै भारत सागको च्याम्पियन बनेर फर्केको थियो ।
सागको फाइनल पुग्नुपनि नेपालका लागि सानो सफलता थिएन । कारण त्यसअघि नेपालले सागमा फाइनल खेलेकै थिएन । त्यो नै भारत विरूद्ध नेपालले गरेको अहिले सम्मको उच्च प्रदर्शन हो । यही कोर्टमा सो हारको बदला लिने मात्र होइन भारतलाई हराएर नयाँ इतिहास बनाउने मौका नेपाली टोलीसँग आज फेरि आएको छ ।
यसपटक उत्कृष्ट तयारी र एक्सपोजर पनि नेपाली टोलीले पाएको छ । सिनियर खेलाडीको अनुभवलाई साथ दिन युवा खेलाडीमा भरपुर जोश देखिएको छ । समर्थकको साथ त छँदैछ । त्यसैले यो पटक भारतलाई हराउने सुनौलो अवसर नेपालसँग छ । यदि यो पटक पनि भारतलाई माथ दिन सकेन भने भारत भन्ने हाउगुजीबाट अगाडि बढ्न नेपाललाई कठिन देखिन्छ।
काभामा भारतले लगातार २ खेल जितेर ६ अंक बनाएको छ। नेपाल विरूद्ध दर्शकसामु खेल्न भारत पनि दबाबमा रहनेछ । यही महत्त्वपूर्ण खेल अगाडि भारतकी कप्तान तथा प्रमुख सेटर जिनी कोभात साजीमा स्वास्थ्य समस्या देखिएको छ। डेंगुको कारण उनी कोर्टमा नउत्रने संभावना छ। यसले पनि भारत थप दबाबमा रहन सक्छ। पहिलो खेलमा भारतले इरानलाई हराएपनि भारतले एक सेट भने गुमाएको थियो।
भारतलाई हराउने दाउमा रहेको नेपालले आज संयमित भएर खेल्न जरूरी छ। नेपाल कोर्टमा उत्रँदा मानसिक रूपमा बलियो हुनुपर्छ। नेपालले सर्भिस र ब्लकमा बढी ध्यान दिन पर्नेछ। नेगेटिभ प्वाइन्ट कम गर्न पनि चनाखो हुनुपर्नेछ ।
श्रीलंका विरूद्धको आफ्नो पहिलो खेलमा तुलनात्मक रूपमा नेपाल अट्याकमा बलियो देखिएको थियो। जसलाई भारतले पक्कै नियालेको छ। त्यसैले प्रशिक्षक जगदीश भट्टसँग प्लान ए मात्र भएर पुग्दैन । उनलाई खेल अनुसार रणनीति परिवर्तन गर्ने ठुलो चुनौती रहनेछ । उनकै प्रशिक्षणमा नेपालले ५ वर्षअघि भारतविरुद्ध १३ औं सागको फाइनल खेलको थियो ।
प्रतिस्पर्धा रोमाञ्चक हुनेमा दुईमत छैन । जहाँ नेपालले विगतको नतिजालाई बिर्सेर जितको लागि खेल्नुपर्नेछ । नेपालको लागि भारतलाई हराउने चुनौती त छँदैछ त्यो भन्दा ठूलो अवसर पनि हो । प्रतियोगिता अगाडि कप्तान अरूणा शाहीले भारतलाई हराउन टोली मानसिक रूपमा तयार रहेको बताएकी थिइन् ।
यो खेलमा नेपाललाई खेल जित्ने चुनौती छ भने आयोजक नेपाल भलिबल संघलाई दर्शक व्यवस्थित गर्न उत्तिकै चुनौती रहनेछ । कभर्ड हलको क्षमता भन्दा धेरै दर्शक हलभित्र पुग्ने विगतमा थुप्रै पटकको अनुवभ छ । त्यसैले संघ पनि सजग हुनुपर्छ । खेल दिउँसो ३ बजे सुरू हुनेछ । खेल हाम्रो खेलकुदले आफ्नो युट्युबबाट प्रत्यक्ष प्रसारण गर्नेछ ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीलाई पितृशोक परेको छ। उनका बुवा ७३ बर्षे तारानाथ सुवेदीको उपचारका क्रममा काठमाडौं मोडल हस्पिटलमा आज दिउँसो २ बजे निधन भएको हो । पछिल्लो केही समययता मुटुको समस्याका कारण उनको उपचार भईरहेको थियो । उनको श्रीमती, एक छोरा र एक छोरी छन् । उनको आजै पशुपतिको […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]