default_image

7 months ago

August 1, 2024

काभा नेसन्स लिग – नेपाल श्रीलंकासँग खेल्दै

1979 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले श्रीलंकासँग खेल्दै काभा महिला भलिबल नेसन्स लिगको सुरुवात गर्दैछ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा बिहीवार दिउँसो ३:१५ बजे सुरु हुनेछ। आजै अर्को खेलमा इरान र भारतबीचको खेल साँझ ५:४५ बजे सुरु हुनेछ।

नेपाली टोली : अरुणा शाही (कप्तान) , सरस्वती चौधरी, सलिना श्रेष्ठ, सफिया पुन, निरुता ठगुन्ना, संगम महतो, पुनम चन्द, कामना विष्ट, उषा भण्डारी, शान्तिकला तामाङ, कविता भट्ट, प्रगति नाथ, सुमित्रा रेग्मी र आरती सुवेदी ।

सबैको दाबेदारी

प्रतियोगिताको पूर्वसन्ध्यामा बुधबार आयोजित पत्रकार सम्मेलनमा सहभागी राष्ट्रले उपाधिमा दाबेदारी प्रस्तुत गरेका छन् ।

आयोजक तथा दाबेदार नेपालले उपाधि जित्नेमा टिम आत्मविश्वासी रहेको बताएको छ । कप्तान अरूणा शाहीले रसियासँगको खेलबाट कमीकमजोरी सुधारेको र ५० दिनको तयारीले टिम मजबुत रहेका बताइन् ।

रसियासँग खेलेपछिको पछिल्लो दश दिन ब्लक, डिफेन्स र सर्भिसमा प्रशिक्षण केन्द्रित रहेको उनले जानकारी दिइन् ।

उनले भनिन् ,’ सहभागी अन्य राष्ट्र बलियो भएपनि उत्कृष्ट प्रदर्शनकासाथ खेल आफ्नो पक्षमा पार्ने टिमको योजना छ । ‘

श्रीलंका पनि राम्रो तयारी पश्चात नेपाल आइपुगेको हो । तीन महिनाको तयारी पछि टिम उत्कृष्ट लयमा रहेको र सबै खेल जित्न उत्तिकै मिहिनेत गर्ने कप्तान थीलीनी परेराले बताइन् ।

पहिलो खेल घरेलु टोली नेपाल विरूद्ध हुने र नेपाललाई घरेलु समर्थकको राम्रो साथ रहनेमा आफुहरू जानकार रहेको र यो पटक उपाधि नै लक्ष्य रहेको उनले दाबी गरिन् ।

प्रमुख दाबेदार तथा दक्षिण एसियाली जाएन्ट भारतकी कप्तान जीनी कोभात शाजीले टिम उत्कृष्ट रहेको र राम्रो तयारी गरेको बताइन् । पछिल्लो काभा च्याम्पियनसिप भारतले जितेको र यो पटक पनि उपाधि नै लक्ष्य रहेको जिकिर गरिन् ।

यो पटक इरानको टोलीमा युवा खेलाडीको बाहुल्यता रहेको छ । कप्तान सागयग हसनखानीले अन्डर-२० टिम रहेको भन्दै राम्रो नतिजाको लागि खेल्ने बताइन् ।

माल्दिभ्स आफ्नो तीन सिनियर खेलाडी विना नेपाल आएको हो । उनीहरू अहिले भुटानमा बीच भलिबलमा प्रतिस्पर्धा गरिरहेका छन् । उनीहरु आइतवार नेपाल आइपुग्नेछन् । सिनियर खेलाडी नहुँदा पनि उत्कृष्ट प्रदर्शन गर्ने फथिमात जुजानले बताइन् ।

February 23, 2025

खेलकुद पत्रकार मन्चका अध्यक्ष सुवेदीलाई पितृशोक

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीलाई पितृशोक परेको छ। उनका बुवा ७३ बर्षे तारानाथ सुवेदीको उपचारका क्रममा काठमाडौं मोडल हस्पिटलमा आज दिउँसो २ बजे निधन भएको हो । पछिल्लो केही समययता मुटुको समस्याका कारण उनको उपचार भईरहेको थियो । उनको श्रीमती, एक छोरा र एक छोरी छन् । उनको आजै पशुपतिको […]

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 17, 2025

च्याम्पियन मार्सल आर्ट्सलाई चार पदक

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]

Success

Thank you for your time.