3 months ago
July 28, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला र पुरुष टोलीले भुटानमा हुने काभा बिच भलिबल च्याम्पियनसिपमा भाग लिने भएका छन्।
च्याम्पियनसिप भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ नेसनल स्टेडियममा साउन १७ गतेदेखि १९ गतेसम्म हुँदैछ ।
च्याम्पियनसिपमा नेपालको महिला जोडीमा कमला पुन र मनीषा चौधरी तथा पुरुष जोडीमा मानबहादुर श्रेष्ठ र दिलबहादुर सुुनारको जोडीले चुनौती प्रस्तुत गर्ने छन् । दुबै टोलीलाई रूपेश बिष्टले प्रशिक्षण दिनेछन् ।
नेपाली टोलीलाई राष्ट्रिय खेलकुुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला ‘ज्वाला’, राखेपका निमित्त सदस्यसचिव अन्जन धमला र नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दलगायतले बिदाइ गरेका थिए ।
थिम्पुमा हुने बिच भलिबलमा पुरुषमा १० टोली र महिलामा ७ टोलीले प्रतिस्पर्धा गर्ने भलिबल संघले जनाएको छ ।
महिलामा नेपालसहित माल्दिभ्स, आयोजक भुटान र उब्जेकिस्तानका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । नेपाल बाहेक सबै राष्ट्रबाट दुई टोलीले खेल्नेछन् ।
पुरुषमा नेपाल, माल्दिभ्स, उब्जेकिस्तान, तुर्केमिनिस्तान र भुटानले प्रतिस्पर्धा गर्दैछन् । च्याम्पियनसिपमा खेल्ने नेपाली टोली सोमबार नै भुटान प्रस्थान गरेको छप ।
नेपाली महिला टोलीले १५ दिन र पुरुष टोलीले एक हप्ता मात्र प्रशिक्षण गरेका छन् ।
नेपालले दुई वर्ष अगाडि मात्र बंगलादेशको कक्स बजारमा भएको एभिसी सेन्ट्रल जोन बिच भलिबलमा नेपालका पुरुष र महिला टोली दुवैले रजत पदक जितेका थिए ।
October 29, 2024
हिमाल खरेल, बिर्तामोड कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेतले सरकारी तलब भत्ता खाएर काम नगर्ने प्रशिक्षक र कर्मचारीलाई राजीनामा दिन आग्रह गरेका छन् । झापा जिल्ला खेलकुद विकास समितिले भद्रपुरमा संयोजन गरेको बस्नेतको निरीक्षण कार्यक्रममा सोमवार उनले भने, ‘काममा मन नलागे राजीनामा दिए हुन्छ, नयाँ तालिमप्राप्त प्रशिक्षक आउँछन् ।’ जिल्लाका अधिकांश प्रशिक्षकहरु […]
October 26, 2024
नेपालगन्ज (हाम्रो खेलकुद)- दशौं धारा नेपालगन्ज म्याराथनको प्रबद्र्धन गर्ने उद्देश्यले शनिवार आयोजना गरिएको राप्तीसोनारी ५ किमी रनको उपाधि अनिषा थारु आयुष केसीले जितेका छन् । निर्धारित दूरी छात्रातर्फ अनिषाले २५ मिनेट २१.०५ सेकेन्ड र छात्रातर्फ आयुषले १९ मिनेट २३ सेकेन्डमा पूरा गरे । नेपालगन्ज म्याराथनको एक दशक यात्रा पूरा गरेको अवसरमा राप्तीसोनारी गाउँपालिका वडा नं […]
October 24, 2024
काठमाडौं (हाम्रो खेलकुद) – कमल थापाले चौथो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगितामा बिहीवार दुई उपाधि जितेका छन् । सातदोबाटोस्थित नेपाल टेनिस संघको कोर्टमा भएको प्रतियोगिता कमलले पुरुष ५५ वर्षमाथि र ६५ वर्षमाथि उमेरसमूहको सिंगल्समा गरी दुई उपाधि जितेका हुन् । कमलले ५५ वर्षमाथि उमेरसमूहको फाइनलमा मनोजविक्रम शाहलाई समान ७–६, ७–६ ले हराए । उनले […]