default_image

9 months ago

July 28, 2024

पेरिस ओलम्पिक –सुस्मिता ४४ मध्ये ४२ औं

1242 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पेरिस ओलम्पिक २०२४ मा सुटिङकी सुस्मिता नेपालले खराब प्रदर्शन गरेकी छिन् । ४४ जनाले भाग लिएको १० मिटर एयर राइफलमा सुस्मिता ४२ औं स्थानमा आएकी छिन् । उनले ६ सय ७.८ स्कोर गरेकी थिइन् ।

आज पौडीकी डुवाना लामाको प्रतिस्पर्धा रहेको छ । उनले २ सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन् । शनिबार टेबल टेनिस स्यान्टु श्रेष्ठ र ब्याडमिन्टनका प्रिन्स दाहालले आ आफ्नो खेल गुमाएका थिए ।

समूह पीमा रहेका प्रिन्स विश्व वरियताको दोस्रो नम्बरमा रहेका डेनमार्कका भिक्टर एक्सेलसनसँग ८–२१ र ६–२१ को सेटमा पराजित भएका थिए । अब ब्याडमिन्टनको जुनियर विश्व वरीयताका पूर्व नम्बर एक भइसकेका प्रिन्स आयरल्यान्डका नियात नुयन (४३औं वरीयता) र इजरायलका मिसा जिल्वरमन (५९औं वरीयता) विरुद्ध खेल्नेछन् । प्रिन्स विश्व वरीयतामा १ सय ७२औं स्थानमा रहेका छन् ।

टेबल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएका थिए । सेनगलका खेलाडी इब्राहिमा डियावसँग ४–० ले पराजित भएका थिए । पहिलो सेटमा राम्रो प्रदर्शन गरेपनि उनले १०–१२ ले गुमाएका थिए । त्यसपछि उनी दोस्रो सेटमा ११–३, तेस्रो सेटमा ११–४ र चौथो सेटमा ११–५ ले पराजित भए ।

कुल ६ खेलका ७ नेपाली खेलाडीले पेरिस ओलम्पिकमा भाग लिइरहेका छन् । जुडोकी मनिता श्रेष्ठ प्रधान, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, पौडीका एलेक्स शाहले आ आफ्नो खेल खेल्न बाँकी छ ।

April 30, 2025

नवौं पोखरा स्पोर्टस् अवार्ड- ४ विधाको मनोनयन

पोखरा (हाम्रो खेलकुद )- ‘नवौं पोखरा स्पोर्टस् अवार्ड २०८१’ को ४ विधाको मनोनयन सार्वजनिक भएको छ । बुधवार आयोजित पत्रकार सम्मेलनमा स्पोर्टस् अवार्डको ४ विद्याको मनोनयन आयोजक संस्था नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सम्मेलन मार्फत सार्वजनिक गरेको हो । अवार्डको‌ वर्ष सर्वोत्कृष्ट खेलाडी पुरुष र महिला, वर्ष उदीयमान वर्ष खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक विधाका […]

April 30, 2025

राष्ट्रिय हक्की -आर्मीलाई दोहोरो सफलता

काठमाडौं (हाम्रो खेलकुद)- विभागीय टोली त्रिभुवन आर्मी क्लबले रााष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिताको पहिलो दिन बुधवार दोहोरो सफलता प्राप्त गरेको छ ।                                   नेपाल हक्की संघको आयोजनामा ललितपुरको च्यासल फुटबल मैदानमा आर्मीको पुरुष र महिला दुवै टोलीले विजयी […]

April 30, 2025

बिर्तामोडमा फुट–७ कप खुला फुटसलको तयारी पूरा

हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा रहेको नेपालकै ठुलो इनडुअर फुटसल कोर्टमा हुने खुला फुटसल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । यही बैशाख १९ र २० गते हुने खेलाडी सम्मिलित प्रथम बिर्तामोड फुट–७ कप खुला फुटसल प्रतियोगिताको तयारी पूरा भएको आज पत्रकार सम्मेलन गरेर जानकारी दिइयो । बिर्तामोड–५ स्यालडाँगीनजिकै रहेको बिर्तामोड स्पोट्र्स सेन्टरद्वारा सञ्चालित […]

Success

Thank you for your time.