default_image

2 months ago

July 24, 2024

किर्गिजस्तान काभा यु २० भलिबल च्याम्पियन

1645 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – किर्गिजस्तानले माल्दिभ्समा‌ सम्पन्न काभा यु २० महिला भलिबल च्याम्पियनसिपको‌ उपाधि जितेको छ।

मंगलबार भएको फाइनलमा श्रीलंकालाई ३-० ले हराउँदै किर्गिजस्तान च्याम्पियन बनेको हो । किर्गिजस्तान २८-२६,२५-१७,२५-१९ ले विजयी भएको थियो। लिग चरणमा भने श्रीलंकाले किर्गिजस्तानलाई हराएको थियो।

नेपाली महिला युवा टोली च्याम्पियनसिपमा‌ तेस्रो स्थान हासिल गरेको छ। नेपालले आयोजक माल्दिभ्सलाई  हराउँदै कास्य पदक जितेको हो। नेपाल २५-१५, २५-१०,२५-१४ ले विजयी भएको थियो ।

लिग चरणमा नेपालले माल्दिभ्सलाई मात्र ३-० को सोझो सेटमा हराएको थियो। च्याम्पियनसिपमा ४ टोलीको सहभागिता थियो।

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

लामाचौरमा पुलिस च्याम्पियन, सञ्जु सर्वोत्कृष्ट

पोखरा (हाम्रो खेलकुद)- लामाचौर कप भलिबल प्रतियोगिताको पुरुषतर्फ नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा एपिएफलाई ३-२ को सेटमा हराउँदै पुलिसले उपाधि जितेको हो । नव आदर्श सामुदायिक विकास समाजले आफ्नो वार्षिकोत्सव तथा हरितालिका तीजको अवसरमा लामाचौर कप राष्ट्रिय भलिबल च्याम्पियनसिपको आयोजना गरेको थियो । पुलिसले पहिलो सेट २५–१६ को सहज जित […]

Success

Thank you for your time.