7 months ago
July 23, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला युवा टोलीले माल्दिभ्समा जारी काभा यु २० महिला भलिबल च्याम्पियनसिपमा तेस्रो स्थानका लागि आज प्रतिस्पर्धा गर्दैछ।
नेपालले कास्य पदकका लागि आयोजक माल्दिभ्सको सामना गर्नेछ। खेल नेपाली समय अनुसार दिउँसो ४:४५ बजे सुरु हुनेछ।
सोमबार नेपाल किर्गिजस्तान र माल्दिभ्स श्रीलंकासँग पराजित भएको थियो। लिग चरणमा नेपालले माल्दिभ्सलाई मात्र ३-० को सोझो सेटमा हराएको थियो।
पहिलो खेलमा श्रीलंकासँग ३-१ र दोस्रो खेलमा किर्गिजस्तानसँग ३-० को सोझो सेटमा पराजित भएको थियो।
किर्गिजस्तानसँग सेमिफाइनल पनि नेपालले ३-० ले नै गुमाएको थियो। श्रीलंका र किर्गिजस्तानबीचको फाइनल पनि आजै हुनेछ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीलाई पितृशोक परेको छ। उनका बुवा ७३ बर्षे तारानाथ सुवेदीको उपचारका क्रममा काठमाडौं मोडल हस्पिटलमा आज दिउँसो २ बजे निधन भएको हो । पछिल्लो केही समययता मुटुको समस्याका कारण उनको उपचार भईरहेको थियो । उनको श्रीमती, एक छोरा र एक छोरी छन् । उनको आजै पशुपतिको […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]