3 months ago
July 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला युवा टोलीले माल्दिभ्समा जारी काभा यु २० महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा पराजित भएको छ।
नेपाल किर्गिजस्तानसँग ३-० को सोझो सेटमा पराजित भएको हो। किर्गिजस्तानले नेपाललाई २५-१४,२५-२२,२५-१३ ले हराउँदै फाइनल पुगेको छ।
अर्को सेमिफाइनलमा आयोजक माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गर्दै श्रीलंका फाइनल पुगेको छ ।
बुधबार फाइनल र तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ।
October 29, 2024
हिमाल खरेल, बिर्तामोड कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेतले सरकारी तलब भत्ता खाएर काम नगर्ने प्रशिक्षक र कर्मचारीलाई राजीनामा दिन आग्रह गरेका छन् । झापा जिल्ला खेलकुद विकास समितिले भद्रपुरमा संयोजन गरेको बस्नेतको निरीक्षण कार्यक्रममा सोमवार उनले भने, ‘काममा मन नलागे राजीनामा दिए हुन्छ, नयाँ तालिमप्राप्त प्रशिक्षक आउँछन् ।’ जिल्लाका अधिकांश प्रशिक्षकहरु […]
October 26, 2024
नेपालगन्ज (हाम्रो खेलकुद)- दशौं धारा नेपालगन्ज म्याराथनको प्रबद्र्धन गर्ने उद्देश्यले शनिवार आयोजना गरिएको राप्तीसोनारी ५ किमी रनको उपाधि अनिषा थारु आयुष केसीले जितेका छन् । निर्धारित दूरी छात्रातर्फ अनिषाले २५ मिनेट २१.०५ सेकेन्ड र छात्रातर्फ आयुषले १९ मिनेट २३ सेकेन्डमा पूरा गरे । नेपालगन्ज म्याराथनको एक दशक यात्रा पूरा गरेको अवसरमा राप्तीसोनारी गाउँपालिका वडा नं […]
October 24, 2024
काठमाडौं (हाम्रो खेलकुद) – कमल थापाले चौथो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगितामा बिहीवार दुई उपाधि जितेका छन् । सातदोबाटोस्थित नेपाल टेनिस संघको कोर्टमा भएको प्रतियोगिता कमलले पुरुष ५५ वर्षमाथि र ६५ वर्षमाथि उमेरसमूहको सिंगल्समा गरी दुई उपाधि जितेका हुन् । कमलले ५५ वर्षमाथि उमेरसमूहको फाइनलमा मनोजविक्रम शाहलाई समान ७–६, ७–६ ले हराए । उनले […]