8 months ago
July 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला युवा टोलीले माल्दिभ्समा जारी काभा यु २० महिला भलिबल च्याम्पियनसिप फाइनल प्रवेशका लागि आज किर्गिजस्तानको सामना गर्दैछ। खेल नेपाली समय अनुसार राती ९:१५ बजे सुरु हुनेछ।
लिग चरणको अंक तालिकाको पहिलो र चौथो तथा दोस्रो र तेस्रो टोलीले सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने खेल तालिका अनुसार नेपाल किर्गिजस्तानको भेट पक्का भएको हो ।
पहिलो सेमिफाइनलमा शीर्ष स्थानको श्रीलंका र पुछारको आयोजक माल्दिभ्सबीच हुनेछ।
शनिबार माल्दिभ्सलाई ३-० ले पराजित गर्दै नेपालले तेस्रो स्थान सुरक्षित गरेको थियो।
लिगको अन्तिम खेलमा किर्गिजस्तानलाई ३-२ ले हराउँदै श्रीलंकाले ८ अंकसहित शीर्ष स्थान पक्का गरेको थियो। ७ अंकका साथ किर्गिजस्तान दोस्रो, तेस्रो भएको नेपालको ३ अंक र माल्दिभ्स अंक विहिन रह्यो।
लिग चरणमा नेपालले किर्गिजस्तानलाई सुरुवाती दुई सेटमा कडा टक्कर दिएपनि ३-० को सोझो सेटको हार बेहोरेको थियो। खेलमा किर्गिजस्तान २७-२५, २५-२३,२५-१७ ले विजयी भएको थियो।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]