7 months ago
July 22, 2024
काठमाडौं (हाम्रो खेलकुद)- काभा नेसन्स लिगका तयारीमा रहेको नेपाली महिला राष्ट्रिय भलिबल टोली र रसियन टोलीबीचको दोस्रो मैत्रीपूर्ण खेल आज हुँदैछ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा खेल दिउँसो ४:१५ बजे मा सुरु हुने नेपाल भलिबल संघले जनाएको छ ।आइतबार भएको पहिलो खेलमा नेपाली टोली रसियासँग २५-१७,२५-१९ र २५-१५ ले पराजित भएको थियो ।
सुरुवाती दुई सेटमा नेपालले प्रतिस्पर्धात्मक खेल प्रस्तुत गरेपनि सेटको अन्त्यतिर अंक सुम्पेको थियो । दोस्रो सेटमा एक समय १६-१४ को अग्रतामा रहेको नेपाल अन्त्यतिर भने लय गुमाउन पुग्यो । प्रशिक्षक जगदीश भट्टले तेस्रो सेटमा दोस्रो रोजाइको खेलाडीलाई अवसर दिए ।
नेपालस्थित रसियाको दूतावासको विशेष सहयोगमा भलिबल संघले मैत्रीपूर्ण खेल आयोजना गरेको हो । साउन १७ गतेदेखि काठमाडौंमा सुरु हुने काभा नेसन्स लिगमा नेपाल, भारत, इरान, श्रीलंका र माल्दिभ्सले सहभागिता जनाउँदै छन् ।
नेपाली टोली : अरुणा शाही (कप्तान) , सरस्वती चौधरी, सलिना श्रेष्ठ, सफिया पुन, निरुता ठगुन्ना, संगम महतो, पुनम चन्द, कामना विष्ट, उषा भण्डारी, शान्तिकला तामाङ, कविता भट्ट, प्रगति नाथ, सुमित्रा रेग्मी र आरती सुवेदी ।
रसियाको टोली: एमेलिना एन्जेलिना, अजनोभा अनास्तासिया, कोस्तिउकेभिच ओल्गा, क्रुक इना, लुबेन्चेन्को एना, सर्गीभा बार्बरा, स्लाउटिना नाटालिया, टिमोस्कोभा एकाटेरिना, बोलोदिना मिला, बासिना एलेना, जिनोबेबा एना र बाबेशिना मारिया ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीलाई पितृशोक परेको छ। उनका बुवा ७३ बर्षे तारानाथ सुवेदीको उपचारका क्रममा काठमाडौं मोडल हस्पिटलमा आज दिउँसो २ बजे निधन भएको हो । पछिल्लो केही समययता मुटुको समस्याका कारण उनको उपचार भईरहेको थियो । उनको श्रीमती, एक छोरा र एक छोरी छन् । उनको आजै पशुपतिको […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]