default_image

2 months ago

July 21, 2024

नेपाल रसियासँग पराजित

2015 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- काभा नेसन्स लिगका तयारीमा रहेको नेपाली महिला राष्ट्रिय भलिबल टोली रसियन टोलीसँगको पहिलो मैत्रीपूर्ण खेलमा‌ पराजित भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आइतबार भएको‌ खेलमा नेपाली टोली ३-० को सोझो सेटमा पराजित भएको हो । रसिया २५-१७,२५-१९, २५-१५ ले विजयी‌ भएको हो ।

सुरुवाती दुई सेटमा नेपालले प्रतिस्पर्धात्मक खेल प्रस्तुत गरेपनि सेटको अन्त्यतिर अंक सुम्पेको थियो । दोस्रो सेटमा एक समय १६-१४ को अग्रतामा रहेको नेपाल अन्त्यतिर भने लय गुमाउन पुग्यो । प्रशिक्षक जगदीश भट्टले तेस्रो सेटमा दोस्रो रोजाइको खेलाडीलाई अवसर दिए ।

नेपालस्थित रसियाको दूतावासको विशेष सहयोगमा नेपाल भलिबल संघले मैत्रीपूर्ण खेल आयोजना गरेको हो । दोस्रो खेल सोमबार हुनेछ ।

साउन १७ गतेदेखि काठमाडौंमा सुरु हुने काभा नेसन्स लिगमा‌ नेपाल, भारत, इरान, श्रीलंका र माल्दिभ्सले सहभागिता जनाउँदै छन्।

नेपाली टोली
अरुणा शाही (कप्तान) , सरस्वती चौधरी, सलिना श्रेष्ठ, सफिया पुन, निरुता ठगुन्ना, संगम महतो, पुनम चन्द, कामना विष्ट, उषा भण्डारी, शान्तिकला तामाङ, कविता भट्ट, प्रगति नाथ, सुमित्रा रेग्मी र आरती सुवेदी । 

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

लामाचौरमा पुलिस च्याम्पियन, सञ्जु सर्वोत्कृष्ट

पोखरा (हाम्रो खेलकुद)- लामाचौर कप भलिबल प्रतियोगिताको पुरुषतर्फ नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा एपिएफलाई ३-२ को सेटमा हराउँदै पुलिसले उपाधि जितेको हो । नव आदर्श सामुदायिक विकास समाजले आफ्नो वार्षिकोत्सव तथा हरितालिका तीजको अवसरमा लामाचौर कप राष्ट्रिय भलिबल च्याम्पियनसिपको आयोजना गरेको थियो । पुलिसले पहिलो सेट २५–१६ को सहज जित […]

Success

Thank you for your time.