default_image

7 months ago

July 21, 2024

सुमित्रा र आरतीले राष्ट्रिय टोलीबाट खेले

327 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मिडल ब्लकर सुमित्रा रेग्मी र स्पाइकर आरती सुवेदीले नेपाली महिला राष्ट्रिय भलिबल टोलीबाट पहिलो पटक खेलेका छन् ।

रसियासँगको आइतबार पहिलो मैत्रीपूर्ण खेलका क्रममा सुमित्रा र आरतीले पहिलो पटक खेलेका हुन्। साउन १७ गते देखि सुरु हुने काभा नेसन्स लिगको तयारीका लागि मैत्रीपूर्ण खेलको आयोजन गरिएको हो।

सुमित्राले दुई वर्षअघि मात्र न्यु डायमन्डबाट आधारभूत भलिबल प्रशिक्षण लिएर करिअर सुरु गरेकी थिइन् । छोटो अवधिमै घरेलु भलिबलमा प्रभाव छोड्न सफल उनी यसपटक टोलीमा सुरुवात गर्ने दाबेदारी प्रस्तुत गरेकी छिन् ।

आरतीका लागि भने ५ वर्षपछि राष्ट्रिय टोलीको ढोका खुलेको हो । सन् २०१९ मा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) कै समयमा बन्द प्रशिक्षणमा परेकी उनी अन्तिम टोलीमा समावेश भएकी थिइनन् ।

त्यसयता केही समय मोफसलकै क्लबमा बिताएकी उनले ३ वर्ष एपिएफबाट खेलिन् । गत वर्ष आर्मीमा भर्ती भएकी उनले त्यहाँ पुगेयता भने खेलमा सुधार गर्दै राष्ट्रिय टोलीको यात्रा तय गरेकी हुन् ।

नेपालसहित ५ राष्ट्र सहभागी हुने प्रतियोगिता साउन १७ देखि २३ गतेसम्म दशरथ रंगशालास्थित कभर्ड हलमा चल्नेछ । नेपालसहित प्रतियोगितामा भारत, इरान, श्रीलंका र माल्दिभ्स रहेका छन्।

February 23, 2025

खेलकुद पत्रकार मन्चका अध्यक्ष सुवेदीलाई पितृशोक

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीलाई पितृशोक परेको छ। उनका बुवा ७३ बर्षे तारानाथ सुवेदीको उपचारका क्रममा काठमाडौं मोडल हस्पिटलमा आज दिउँसो २ बजे निधन भएको हो । पछिल्लो केही समययता मुटुको समस्याका कारण उनको उपचार भईरहेको थियो । उनको श्रीमती, एक छोरा र एक छोरी छन् । उनको आजै पशुपतिको […]

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 17, 2025

च्याम्पियन मार्सल आर्ट्सलाई चार पदक

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]

Success

Thank you for your time.