7 months ago
July 21, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला युवा टोलीले माल्दिभ्समा जारी काभा यु २० महिला भलिबल च्याम्पियनसिप फाइनल प्रवेशका लागि किर्गिजस्तानको सामना गर्ने भएको छ।
लिग चरणको अंक तालिकाको पहिलो र चौथो तथा दोस्रो र तेस्रो टोलीले सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने खेल तालिका अनुसार नेपाल त किर्गिजस्तानको भेट पक्का भएको हो ।
पहिलो सेमिफाइनलमा शीर्ष स्थानको श्रीलंका र पुछारको आयोजक माल्दिभ्सबीच हुनेछ।
शनिबार माल्दिभ्सलाई ३-० ले पराजित गर्दै नेपालले तेस्रो स्थान सुरक्षित गरेको थियो।
त्यसपछि भएको लिगको अन्तिम खेलमा किर्गिजस्तानलाई ३-२ ले हराउँदै श्रीलंकाले ८ अंकसहित शीर्ष स्थान पक्का गरेको थियो। ७ अंकका साथ किर्गिजस्तान दोस्रो, तेस्रो भएको नेपालको ३ अंक र माल्दिभ्स अंक विहिन रह्यो।
लिग चरणमा नेपालले किर्गिजस्तानलाई सुरुवाती दुई सेटमा कडा टक्कर दिएपनि ३-० को सोझो सेटको हार बेहोरेको थियो। खेलमा किर्गिजस्तान २७-२५, २५-२३,२५-१७ ले विजयी भएको थियो।
किर्गिजस्तानलाई हराउँदै फाइनल पुग्ने सम्भावना नेपाली टोलीसँग रहेको छ। दुबै सेमिफाइनलमा सोमबार हुनेछन्।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीलाई पितृशोक परेको छ। उनका बुवा ७३ बर्षे तारानाथ सुवेदीको उपचारका क्रममा काठमाडौं मोडल हस्पिटलमा आज दिउँसो २ बजे निधन भएको हो । पछिल्लो केही समययता मुटुको समस्याका कारण उनको उपचार भईरहेको थियो । उनको श्रीमती, एक छोरा र एक छोरी छन् । उनको आजै पशुपतिको […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]