default_image

7 months ago

July 20, 2024

‘काभाअघि रसियन टोलीसँग खेल्दा तयारी राम्रो हुनेछ’

1440 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी‌ कप्तान अरुणा शाहीले रसियन टोलीसँगको मैत्रीपूर्ण खेलले काभा नेसन्स लिगका लागि राम्रो तयारी हुनसक्ने बताएकी छिन्।

रसियन टोलीसँगको पहिलो मैत्रीपूर्ण खेलको अघिल्लो दिन शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अरुणाले भनिन्,’ आफू भन्दा बलियो र स्तरिय टोलीसँग खेल्दा धेरै‌ सिक्ने मौका‌ मिल्छ। लाभा अघिको‌ मैत्रीपूर्ण खेल हाम्रो लागि महत्वपूर्ण हुनेछ। ‘

नेपाल भलिबल संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्दले महिला टोली दक्षिण एसियाको च्याम्पियन बन्न चाहिरहेको उल्लेख गर्दै भने, ‘भारतविरुद्ध १३ सागको फाइनलमा‌ जितको नजिक पुगेर हारेका थियौं। पटक पटक हारेपनि हामी भारतमाथि जित निकाल्न सक्छौं । त्यसको लागि यो‌ राम्रो तयारी हुनसक्छ।’

साउन १७ गतेदेखि काठमाडौंमा सुरु हुने काभा नेसन्स लिगमा‌ नेपाल, भारत, इरान, श्रीलंका र माल्दिभ्सले सहभागिता जनाउँदै छन्।

विश्व भलिबलमै बलियो मध्यको एक रसियन टोलीसँग काभा अघि मैत्रीपूर्ण खेल आयोजनाका लागि नेपाली टोलीका‌ प्रशिक्षक जगदिश भट्टले भलिबल संघलाई‌ धन्यवाद दिए।

रसियन टोलीका प्रशिक्षक युरि‌ मारिचेभले नेपालको भलिबलका बारेमा जानकारी नभएपनि खेललाई सहज रुपमा नलिने बताइएका छन् ।

नेपाल र रसियाबीच त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आइतबार र सोमबार खेल हुनेछ। नेपालस्थित रसियाको दूतावासको विशेष सहयोगमा मैत्रीपूर्ण खेल आयोजना हुन लागेको बताइएको छ ।

नेपालले मैत्रीपूर्ण खेल र प्रतियोगिताका लागि १४ सदस्यीय टोली घोषणा गरिसकेको छ । दुई नयाँ खेलाडी समेट्दै टोली घोषणा भएको हो । भट्टको सहायक प्रशिक्षकमा भरत यादव र रुपेश विष्टले साथ दिएका छन् ।

मैत्रीपूर्ण खेलको हाम्रो खेलकुद र कान्तिपुर म्याक्सले प्रत्यक्ष प्रसारण गर्नेछन्।

नेपाली टोली
अरुणा शाही (कप्तान) , सरस्वती चौधरी, सलिना श्रेष्ठ, सफिया पुन, निरुता ठगुन्ना, संगम महतो, पुनम चन्द, कामना विष्ट, उषा भण्डारी, शान्तिकला तामाङ, कविता भट्ट, प्रगति नाथ, सुमित्रा रेग्मी र आरती सुवेदी । 

February 23, 2025

खेलकुद पत्रकार मन्चका अध्यक्ष सुवेदीलाई पितृशोक

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीलाई पितृशोक परेको छ। उनका बुवा ७३ बर्षे तारानाथ सुवेदीको उपचारका क्रममा काठमाडौं मोडल हस्पिटलमा आज दिउँसो २ बजे निधन भएको हो । पछिल्लो केही समययता मुटुको समस्याका कारण उनको उपचार भईरहेको थियो । उनको श्रीमती, एक छोरा र एक छोरी छन् । उनको आजै पशुपतिको […]

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 17, 2025

च्याम्पियन मार्सल आर्ट्सलाई चार पदक

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]

Success

Thank you for your time.