8 months ago
July 19, 2024
काठमाडौं (हाम्रो खेलकुद)- इन्टरनेसल चेस दिवसको उपलक्ष्यमा भएको चौथो त्रियोग अन्तर स्कुल बुद्धिचाल प्रतियोगिताको कक्षा ६-७ र कक्षा ८-१० समूहको आयोजक त्रियोग स्कुल विजयी भएको छ।
मार्भेलस स्कुल कक्षा ४-५ को समूह तथा युरो स्कुल हात्तिगौंडा कक्षा १-३ समूहको विजेता बनेको छ।
अन्तर विद्यालय प्रतियोगितामा कक्षा १-३ छात्रा समूहमा इम्पेरियल वर्ल्डकी अग्रता आचार्य पहिलो , यूरो हात्तिगौंडाकी रुस्बेरी चौलागाई दोस्रो र पेभिलियनकी अधिरा पौडेल तेस्रो भएकी छन्।
सोही समूहको छात्रतर्फ ल्याबोरेटरीका अंकुर पोखरेल पहिलो, त्रियोगका प्रसुन मल्ल दोस्रो र काठमाडौं गुरुकुलका सुनभ ओझा तेस्रो भएका छन्।
कक्षा ४-५ छात्रा समूहमा नितिन मेमोरियलकी नन्दा श्रेष्ठ पहिलो, युरो हात्तिगौंडाकी कृसा श्रेष्ठ दोस्रो र मार्भेलसकी सोनालिका सराफ तेस्रो भइन् । सोही समूहको छात्रतर्फ माछापुच्छ्रे आइबीका साहास श्रेष्ठ प्रथम, पुस्पसदनका हार्दिक पन्त दोस्रो तथा पेभिलियनका लक्ष मोरे तेस्रो भए ।
कक्षा ६-७ छात्रा समूहमा मार्भेलसकी निहाना श्रेष्ठ प्रथम, त्रियोगकी परिधी खत्री द्वितीय तथा मार्भेलसकी कृष्ती रिजाल तृतीय भइन् । सोही समूहको छात्रतर्फ पाठशालाका ओस्कार पन्थी प्रथम, त्रियोगका आभास रिमाल द्वितीय तथा त्रियोगकै सम्पन्न बज्रचार्य तृतीय भए ।
कक्षा ८-१० छात्रा समूहमा त्रियोगकी रिया श्रेष्ठ प्रथम, त्रियोगकै कृपा बेलबासे द्वितीय तथा डि.ए.भीकी प्रज्ञा पन्त तृतीय भइन् । सोही समूहको छात्र तर्फ मनकामनाका प्रतिक सुवेदी प्रथम मोडर्न इन्डीयनका आशीष गुप्ता द्वितीय तथा क्रियटिभका सफल महर्जन तृतीय भए ।
दुई दिने प्रतियोगितामा काठमाडौं उपत्यकाका ५० भन्दा बढि विद्यालयका ३ सय ५० भन्दा बढि खेलाडीको सहभागिता थियो । विजेता खेलाडीलाई पुरस्कृत गरियो।
समापनमा नेपाल बुद्धिचाल संघका अध्यक्ष हेराकाजी महर्जन, बरिष्ठ उपाध्यक्ष दिपेन राई, पुर्व अध्यक्ष विदुर गौतम तथा प्रथम महिला नेशनल च्याम्पियन मोनालिसा खुम्बुको उपस्थिति थियो ।
March 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]