8 months ago
July 18, 2024
काठमाडौं (हाम्रो खेलकुद)- इन्टरनेसल चेस दिवसको उपलक्ष्यमा त्रियोग हाई स्कुल धापासीले चौथो त्रियोग अन्तर विद्यालय बुद्धिचाल प्रतियोगिता बिहीबार सुरु भएको छ।
दुई दिनसम्म चल्ने प्रतियोगिता विभिन्न विधामा स्वीस लिग नियम अनुसार ७/७ चरणको खेल खेलाइनेछ बताइएको छ।
त्रियोग स्कुलको व्यवस्थापनमा आयोजना भएको प्रतियोगिता पहिलो दिन ३ चरणको खेल सम्पन्न भएका छन्। तेस्रो चरणको समाप्तिमस कक्षा ६–७ को छात्रा समूहमा त्रियोगकी नोयल थापा र नितेन मेमोरियलकी ज्ञानी श्रेष्ठ समान ३ अंक सहित शीर्ष स्थानमा छन्।
सोही समूहको छात्र तर्फ त्रियोगका आभास रिमाल र सम्पन्न बज्रचार्य, सुर्योदयका अग्रिम सैजु र नितेन मेमारियलका सञ्जीव तामाङ समान ३ अंक सहित शीर्ष स्थानमा छन् ।
त्यसैगरि सिनियर कक्षा ८–१० को छात्रा समूहमा त्रियोगकी रिया श्रेष्ठ, कृपा बेलबासे, सेन्ट मेरीजकी एलिना तिमल्सिना र दिव्या सिग्देल समान ३ अंक सहित शीर्ष स्थानमा रहे।
यस्तै छात्र तर्फ त्रियोगका रियान श्रेष्ठ, पुष्पसदनका सुप्रभ सागर श्रेष्ठ, के.एम.सीका विधान सापकोटा र नितेन मेमोरियलका दिपक गोले समान ३ अंक सहित शीर्ष स्थानमा छन् ।
प्रतियोगिताको उद्घाटन त्रियोगका कार्यकारी निर्देशक अजित लामा, प्रधानअध्यापिका सविता कपरुवान, नेपाल बुद्धिचाल संघका महासचिव धरम लामा र कोषाध्यक्ष तारा बहादुर रानाभाटले गरेका थिए ।
काठमाडौं जिल्ला बुद्धिचाल संघका अध्यक्ष केशब श्रेष्ठको प्रयासमा ग्रासरुटवाट प्रतिभावान खेलाडी उत्पादन गर्ने हेतुले काठमाडौँ उपत्यकाका ४० भन्दा बढि विद्यालयका ३ सय ४० भन्दा बढि खेलाडीको सहभागिता रहेको छ । फिडे सन् १९२४ स्थापना भएको थियो।
March 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]