default_image

8 months ago

July 18, 2024

काभा यु–२० महिला भलिबल: नेपालले आज श्रीलंंकासँग खेल्दै

4836 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा राष्ट्रिय महिला भलिबल टोलीले काभा यु–२० महिला भलिबल च्याम्पियनसिपको पहिलो खेलमा आज (बिहीबार) श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र श्रीलंकाबीचको खेल माल्दिभ्सको माले सिटीस्थित सोसल सेन्टरमा नेपाली समयअनुसार राति १० बजे सुरु हुनेछ । त्यसअघि आयोजक माल्दिभ्सले उपाधिको दावेदार किर्गिस्तानसँग खेल्दैछ ।

उपाधि दावेदार टोलीको रुपमा रहेको नेपाल श्रीलंकालाई पराजित गरी सुखद सुरुवात गर्न चहान्छ । जेनिशा विश्वकर्माको कप्तानीमा उत्रने नेपालसँग घरेलु भलिबलमा प्रभाव जमाउन सफल खेलाडीको साथ रहेको छ ।

टोलीसँग जेनिशासँगै सलिना बुढा मगर, मीना सुनार, निशा महर, निशा चौधरी, एलिसा मानन्धर र लिवेरो एन्जिला प्रधानको साथ रहेको छ । यस्तै टोलीमा भावना तामाङ, आरती चौधरी, अनुषा चौधरी, स्नेहा ठगुन्ना र आशिका क्षेत्री पनि छिन् । यि खेलाडीले निरन्तर सिनियर स्तरको घरेलु भलिबल प्रतियोगिता खेलिरहेका छन् ।

तर, टोलीमा मिडल ब्लकमा समस्या निम्तन सक्नेछ । प्रशिक्षण टोलीले स्पाइकर पोजिसनमा खेलिरहेका निशा चौधरी र एलिसा मानन्धरलाई मिडल ब्लकमा तयार पारिरहेको छ ।

नेपालले महिलातर्फ पहिलोपटक उमेर समूहको भलिबलमा प्रतिस्पर्धा गर्न लागेको हो । यसअघि पुरुषको यु–२३ टोलीले बंगलादेशमा प्रतिस्पर्धा गरेको हो ।

नेपालले दोस्रो खेलमा शुक्रबार किर्गिस्तान र राउन्ड रोविन लिगको अन्तिम खेलमा शनिबार माल्दिभ्ससँग खेल्नेछ । राउन्ड रोविन लिगपछि लिगको शीर्ष र चौथो हुने टोली तथा लिगको दोस्रो र तेस्रो हुने टोलीबीच सेमिफाइनल खेल हुनेछ ।

सेमिफाइनलको विजेताले फाइनल खेल्नेछ । सेमिफाइनलमा पराजित टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछ ।
आइतबार कुनै खेल हुनेछैन । सोमबार सेमिफाइनलका दुई खेल हुनेछ । मंगलबार फाइनलसँगै तेस्रो स्थानको लागि प्रतिस्पर्धा हुनेछ ।

काभा यु–२० महिला भलिबल च्याम्पियनसिप १८ देखि २३ जुलाईसम्म माल्दिभ्सको मालेमा हुनेछ । च्याम्पियनसिपमा आयोजक माल्दिभ्स र नेपालसहित चार राष्ट्र किर्गिस्तान र श्रीलंकाको सहभागिता रहेको छ ।

यु–२० महिला टोली: जेनिशा विश्वकर्मा (कप्तान), सलिना बुढा मगर, एलिसा मानन्धर, निशा महर, भावना तामाङ, एन्जिला प्रधान, निशा चौधरी, आरती चौधरी, मिना सुनार, अनुषा चौधरी, स्नेहा ठगुन्ना र आशिका क्षेत्री

मुख्य प्रशिक्षक – कुमार राई

सहायक प्रशिक्षक – अर्जुन घिमिरे

टिम व्यवस्थापक – जुनु पुन

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.