default_image

8 months ago

July 17, 2024

हिमालयन १०० ब्लिज चेस हुने

431 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन चेस एकेडेमीले अन्तर्राष्ट्रिय चेस दिवस (२० जुलाई) को अवसरमा युक्ति फाउन्डेसनसँग सहकार्य गर्दै ‘हिमालयन १००’ ब्लिज चेस प्रतियोगिता आयोजना गर्ने भएको छ ।

प्रतियोगिता शनिबार किङ्स कलेज, बबरमहलमा हुनेछ । विश्व बुद्धिचाल महासंघ (फिडे) ले आफ्नो स्थापनाको १ सयौं वर्ष पनि मनाइरहेको छ।

यही अवसरमा फिडेले यसपालि २० जुलाईमा २४ घन्टाभित्र विश्वमै सबभन्दा बढी चेस खेल्दै ‘गिनिज वल्र्ड रेकर्डस्’ कायम गर्ने अभियानमा रहेको छ, जसलाई उसले फिडे १०० गिनिज वल्र्ड रेकर्ड्स अटेम्प्ट’ नाम दिइएको छ ।

फिडेको यही अभियानअन्तर्गत् नेपालमा ‘हिमालयन १००’ आयोजना गर्न लागिएको हिमालयन चेस एकेडेमीकी संस्थापक अध्यक्ष मोनालिशा खम्बूले बताइन् ।

नेपालको पहिलो महिला राष्ट्रिय चेस च्याम्पियनसमेत रहेकी खम्बूले भनिन्, ‘फिडेले १ सय वर्ष पुगेको अवसरमा विश्व कीर्तिमान बनाउँदै गर्दा त्यो अभियानलाई नेपालबाट पनि साथ दिनको लागि हामीले हिमालयन १०० आयोजना गर्न लागेका छौं ।

स्वीस प्रणलीको आधारमा १० राउन्डमा सञ्चालन गरिने प्रतियोगितामा १ सय खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।’ पहिला नाम दर्ता गर्ने खेलाडीलाई प्रतियोगितामा अवसर दिइने पनि उनले बताएकी छन् ।

युक्ति फाउन्डेसनकी प्रतिनिधि युक्ति लामा श्रेष्ठले भन्छिन्, ‘चेस खेलेरै गिनिज वल्र्ड रेकर्ड्स बनाउने विश्वव्यापी अभियानमा सहकार्य गर्न पाउँदा खुशी लागेको छ । मानिसको बौद्धिक विकाससँग प्रत्यक्ष जोडिएको खेल चेसमा सानै उमेरदेखि नै आकर्षित गर्न चाहन्छौं ।’

कुल ५१ हजार ५ सय रुपैयाँ पुरस्कार रहेको प्रतियोगिताको पुरुषतर्फको विजेताले १० हजार, दोस्रोले ७ हजार रुपैयाँ प्राप्त गर्नेछन्। शीर्ष १० मा पर्ने खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन् ।

महिलाको विजेताले ३ हजार, दोस्रोले २ हजार र तेस्रो हुनेले १ हजार हात पार्नेछन् । त्यस्तै, अनरेटेड, यू–९, यू–११, यू–१३, यू–१५, बेस्ट एचसीए, उत्कृष्ट विद्यार्थी (१० कक्षासम्म र १० कक्षामाथि), रेटिङ १७०० मुनि, १९०० मुनि र भेट्रान (५५ वर्षमाथि) गरी ११ विधालाई पनि समावेश गरिएको छ ।

सबै स्पर्धाका विजेताले १ हजारदेखि १ हजार ५ सय रुपियासम्म नगद पुरस्कार पाउनेछन् । तर, कुनैपनि खेलाडीलाई दोहोर्याएर पुरस्कार प्रदान गरिने छैन । खेलाडीले प्रतियोगिताको निम्ति नाम दर्ता गर्ने अन्तिम दिन शुक्रबार तोकिएको एकेडेमीले जनाएको छ ।

हिमालयन १०० को भेन्यू पार्टनर किङ्स कलेज, स्टाइलिङ पार्टनर ले लर्ड, फुटवेयर पार्टनर खडाउ रहेका छन् । क्लोथिङ ब्रान्ड कोक्रोमाले पनि साथ दिएको छ ।

हिमालयन चेस एकेडेमीले दोस्रो प्रतियोगिताको रुपमा हिमालयन १०० आयोजना गर्न लागेको हो । यसअघि असारमा एसईई कप आयोजना गरेको थियो ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.