7 months ago
July 15, 2024
काठमाडौं (हाम्रो खेलकुद)- माल्दिभ्समा यसै साता सुरु हुने काभा यु–२० महिला भलिबल च्याम्पियनसिपमा भाग लिने युवा टोलीलाई नेपाल भलिबल संघले सोमबार बिदाइ गरेको छ।
च्याम्पियनसिप साउन ३ देखि ८ गतेसम्म माल्दिभ्सको मालेमा हुनेछ । च्याम्पियनसिपमा नेपाल, आयोजक माल्दिभ्स,किर्गिस्तान र श्रीलंका गरी ४ राष्ट्रको सहभागिता रहेको छ ।
नेपालले साउन ३ गते श्रीलंकासँग खेल्दै काभा यु-२० महिला भलिबल च्याम्पियनसिपकाे सुरुवात गर्नेछ । साउन ४ गते किर्गिस्तान र साउन ५ गतेमा माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ ।
राउन्ड रोविन लिगपछि लिगको शीर्ष र चौथो हुने टोली र लिगको दोस्रो र तेस्रो हुने टोलीले सेमिफाइनल खेल्नेछ । दुई खेलको विजेताले फाइनल खेल्नेछन् ।
यसै महिना काठमाडौंमा सम्पन्न प्रथम सहाना प्रधान स्मृति यु–१९ महिला भलिबल च्याम्पियनसिपको प्रर्दशनका आधारमा युवा टोली संघले छनोट गरेको हो ।
जसमा सबैभन्दा धेरै बागमती प्रदेशबाट प्रतिनिधित्व गरेका न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबका ६ जना टोलीमा परेका छन् । एभरेस्ट भलिबल क्लबबाट खेल्ने लुम्बिनी प्रदेशका ४, गण्डकीबाट खेलेका नेपाल पुलिस क्लब र सुदुरपश्चिमबाट खेलेका त्रिभुवन आर्मी क्लबबाट समान एक खेलाडी टोलीमा परेका छन् ।
संघले सोमबार टोलीको बिदाई गर्यो। राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ, नेकपा समाजवादीकी नेतृ, संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दलगायतले बिदाई गरेका थिए।
यु–२० महिला टोली
जेनिशा विश्वकर्मा (कप्तान), सलिना बुढा मगर, एलिसा मानन्धर, निशा महर, भावना तामाङ, एन्जिला प्रधान, निशा चौधरी, आरती चौधरी, मिना सुनार, अनुषा चौधरी, स्नेहा ठगुन्ना र आशिका क्षेत्री
मुख्य प्रशिक्षक – कुमार राई
सहायक प्रशिक्षक – अर्जुन घिमिरे
टोली व्यवस्थापक – जुनु पुन
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीलाई पितृशोक परेको छ। उनका बुवा ७३ बर्षे तारानाथ सुवेदीको उपचारका क्रममा काठमाडौं मोडल हस्पिटलमा आज दिउँसो २ बजे निधन भएको हो । पछिल्लो केही समययता मुटुको समस्याका कारण उनको उपचार भईरहेको थियो । उनको श्रीमती, एक छोरा र एक छोरी छन् । उनको आजै पशुपतिको […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]