8 months ago
July 7, 2024
काठमाडौं (हाम्रो खेलकुद)- पेरिस ओलम्पिकमा सहभागी हुने खेलाडीहरु संग राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले तयारी बारेमा जानकारी लिएका छन्।
ओलम्पिकका लागि बन्द प्रशिक्षणमा रहेका खेलाडीहरुको तयारी र सरकारका तर्फबाट गर्नु पर्ने कामका विषयमा छलफल गरेका हुन्।
साउन ११ गते देखि २७ गते सम्म आयोजना हुने ओलम्पिकमा नेपालका तर्फबाट सहभागी हुने ७ जना खेलाडीहरु मध्ये नेपालमै वन्द प्रशिक्षणमा रहेका खेलाडी तथा सम्बन्धित प्रशिक्षकहरु संग भएको छलफलमा सदस्य–सचिव घिसिङले तयारीका लागि कुनै कमि हुन नदिने बताए। खेल सामाग्री, खेल पोशाक, प्रशिक्षणको तालिका सम्बन्धमा सदस्य–सचिवले चासो राखेको बताइएको छ।
खेलाडीले आफुहरुलाई घरबाटै ट्रेनिङमा आउन सहज भएको भन्दै बन्द प्रशिक्षण निकै उपलब्धिमूलक भएको बताएका छन् । प्रशिक्षकहरुले खेलाडीहरुको प्रशिक्षण तालिम, खुराक, खेल सामाग्री व्यवस्थापनका विषयमा जानकारी दिएका थिए ।
प्रशिक्षणमा रहेका खेलाडीहरुले विहान–बेलुका दैनिक ५ घण्टा बढी प्रशिक्षण गरी रहेको राष्ट्रिय टिम तयारीका निर्देशक दिपक विष्टले जानकारी दिए ।
छलफलमा नेपालमै बन्द प्रशिक्षणमा रहेका एथलेटिक्स खेलाडी सन्तोषी श्रेष्ठ र प्रशिक्षक कान्ति महतो, जुडो खेलाडी मनिता श्रेष्ठ प्रधान र प्रशिक्षक देवु थापा तथा सुटिङ खेलाडी सुस्मिता नेपाल र प्रशिक्षक प्रदिप खाती सहभागी थिए ।
पेरिस ओलम्पिमा यस पटक नेपालबाट सहभागी हुने सात जना खेलाडी मध्ये टेबलटेनिसका स्यान्टु श्रेष्ठ, व्याडयमिन्टनका प्रिन्स दाहाल, पौडीका डुवाना लामा र एलेकजेण्डर शाह वैदेशिक प्रशिक्षणमा रहेको निर्देशक बिष्टले जानकारी दिए ।
छलफलमा परिषद्का सदस्य प्रकाशकुमार कुसारी र राष्ट्रिय टिम तयारीका उपनिर्देशक दिपक श्रेष्ठको पनि उपस्थिति थियो ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]