8 months ago
July 5, 2024
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सञ्चालन गरिरहेको मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका खेलाडीलाई शुक्रबार किट्स प्रदान गरेको छ ।
राखेपका सदस्य–सचिव टंकलाल घिसिङले ५ खेलका ५२ खेलाडी र १० प्रशिक्षक गरी ६२ जनालाई केल्मीको ट्रयाक सुट र ब्याग हस्तान्तरण गरे ।
दोश्रो चरणमा थपिएका ५ खेलका खेलाडी तथा प्रशिक्षकलाई किट्स प्रदान गरिएको हो । गत जेठ ७ गतेदेखि सुरु दोश्रो चरणको विशेष प्रशिक्षणमा महिला कबड्डी र भलिबल, कुस्ती, भारोत्तोलन र एथलेटिक्सलाई विशेष प्रशिक्षणमा समावेश गरिएको थियो ।
पहिलो चरणमा कराते, तेक्वान्दो, उसु, बक्सिङ र जुडोका खेलाडी गत माघ १५ गतेदेखि विशेष प्रशिक्षणमा छन् ।
सदस्य–सचिव घिसिङले हाल विशेष प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकको अनुशासन र प्रगतिलाई मध्यनजर गरेर मात्र आगामी विशेष प्रशिक्षणमा अवसर प्रदान गर्ने बताउदै खेलाडी र प्रशिक्षकलाई गम्भीर भएर प्रशिक्षण गर्न गराउन निर्देशन दिए ।
राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले यो आर्थिक वर्षको विशेष प्रशिक्षण असार मसन्तसम्म चल्ने बताउदै आगामी आर्थिक वर्षमा पनि निरन्तरता पाउने बताए ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]