9 months ago
July 2, 2024
काठमाडौं (हाम्रो खेलकुद)- सुदूरपश्चिम प्रदेशले पारा तथा विशेष खेलकुदअन्तर्गत पुरुष गोलबलको उपाधि मंगलबार जितेको छ ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा सुदूरपश्चिमले सानो थिमी क्लबलाई २४–५ गोलले पराजित गर्यो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा राष्ट्रिय दृष्टिविहीन खेलकुद संघ नेपालको व्यवस्थापनमा भएको प्रतियोगितामा ललितपुर क्लब तेश्रो भयो ।
प्रतियोगितामा सहभागी ४ टिमले सुरुमा राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गरेका थिए । लिगका विजेता र उपविजेता पुनः उपाधिका लागि भिडेका थिए ।
विजेतालाई राखेपकी सदस्य विना श्रेष्ठ, राष्ट्रिय दृष्टिविहीन खेलकुद संघ नेपालका अध्यक्ष उपेन्द्र श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
त्यसअघि एकदिने प्रतियोगिताको राखेपकी सदस्य एवं प्रतियोगिता संयोजक पेमा डोल्मा लामाले निर्णायकलाई बल हस्तान्तरण गरी खेल शुभारम्भ गराएकी थिइन् ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]