9 months ago
July 2, 2024
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद् (राखेप) खेलाडीलाई हौसला दिने कार्यका लागि
नेपाल खेलकुद पत्रकार मन्चसंग सहकार्य गर्न तयार रहेको राखेपका सदस्य सचिव टंकलाल घिसिङले बताएका छन्।
विश्व खेलकुद पत्रकार दिवसका अवसरमा मंगलबार आयोजित ओलम्पिकमा नेपालको सहभागिता बिषयमा भएको अन्तरक्रिया कार्यक्रममा सदस्य सचिव घिसिङले यस्तो बताएका हुन् ।
खेलकुद पत्रकारले प्रोफाईल र स्टोरी मार्फत खेलाडीहरुलाई सहयोग गर्नु पर्ने जोड दिँदै घिसिङले खेलाडी भित्रको प्रतिभालाई सन्चारकर्मीले मात्र उजागर गर्न सक्ने बताए ।
खेलकुद विश्वविद्यालयका लागि परिषद्ले अध्ययन प्रतिवेदन मन्त्रालयमा पेश गरि सकेको भन्दै हालकै विश्वविद्यालयहरुले खेलकुद फ्याकल्टी मार्फत अध्यापनको व्यवस्था गर्नु उचित हुने उनको धारणा थियो।
मन्चका कार्यवाहक अध्यक्ष निरन्जन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, ओलम्पियन दिपक बिष्ट, खेलकुद पत्रकार मन्चका पूर्व अध्यक्षहरु अजय फुयाल र महेश आचार्यले ओलम्पिकमा नेपालको सहभागिता सम्बन्धमा अनुभव राख्नु भएको थियो ।
यसै वर्ष हुने पेरिस ओलम्पिकमा ७ नेपाली खेलाडी सहभागिता रहने निश्चित भएको छ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]