9 months ago
June 28, 2024
बागलुङ (हाम्रो खेलकुद)- विद्यार्थीहरुलाई खेलप्रति प्रेरित गर्ने उद्देश्यले बागलुङमा ‘स्कुल टु ओलम्पिक’ कार्यक्रम गरिएको छ ।
गण्डकी प्रदेश खेलकुद परिषदको आयोजना र बागलुङ नगरपालिकाको सहकार्यमा ओलम्पिक अभियान र ओलम्पियनहरूबारे परिचयात्मक कार्यक्रमसहित स्कुल टु ओलम्पिक कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले हरेक क्षेत्रमा सफल हुन मिहिनेत आवश्यक रहेको भन्दै नेपाललाई विश्वसामु चिनाउन खेल क्षेत्रले महत्वपूर्ण भूमिका रहेको बताए ।
स्कुलले विद्यार्थीलाई नै खेलाडीका रुपमा तयार पार्न सकेको खण्डमा भविष्यमा ओलम्पियनहरु त्यतिबाट निस्कने श्रेष्ठको भनाई थियो।
कार्यक्रमको उदेश्यबारे नेपाल ओलम्पियन एसोसियसनका महासचिव राजेन्द्र भण्डारीले प्रकाश पारे । कार्यक्रम बागलुङ जिल्लाबाट एसियन गेम तथा साफ गेममा प्रतिनिधित्व गर्ने खेलाडिहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा सन् १९८८ मा कोरियामा सम्पन्न २४ औं ओलम्पिक तथा सन् १९९६ को अमेरिकाको एटलाण्टामा सम्पन्न २६ औं ओलम्पिकका सहभागी एथलेटिक्सका गोरखाका टिका बोगटी, २४ औं ओलम्पिकमा एथलेटिक्सका सहभागी गोरखाका ऋषि प्रधान गोरखा, २६ औं ओलम्पिकला सहभागी पौडी तनहुँका सिताराम शाहि ठकुरी, सन् २००० मा अष्टेलियाको सिड्नीमा सम्पन्न २७ औं ओलम्पिकका सहभागी शुटिङ्गकी बागलुङका भगवति खत्री केसी, एथलेटिक्स खेलाडी गोर्खाका ज्ञान बहादुर बोहरा, २००४ को एथेन्स ओलम्पिकका सहभागी एथलेटिक्स खेलाडी तनहुँका राजेन्द्र भण्डारी, २०१० मा सिंगापुरमा सम्पन्न प्रथम युथ ओलम्पिकमा एथलेटिक्स खेलाडी कास्कीका मनिषा अधिकारीले विभिन्न विद्यालयका विद्यार्थीहरुलाई आ आफ्नो खेल जीवनबारे अनुभव सुनाएका थिए ।
अन्तरक्रियामा ओलम्पियनले बागलुङका विभिन्न विद्यालयका विद्यार्थीसँग अनुभव साट्दै उनीहरूको जिज्ञासामा जवाफ दिए। विभिन्न विद्यालयमा पुगेर विद्यार्थीहरुसँग खेलकुदप्रतिको भावना बुझाउन र स्कुल टु ओलम्पिक कार्यक्रमले खेलकुदतर्फ आकर्षित हुन प्रेरणा मिल्ने ओलम्पियनहरुले बताए। उनीहरूले जिल्लामा खेल पूर्वाधारको कमी रहेकोले त्यसको उचित व्यवस्थापन हुन जरुरी रहेको बताए ।
प्रदेश खेलकुद परिषद गण्डकी प्रदेशका सदस्य सचिव श्रीधर शर्माको अध्यक्षता, जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष समिक्षा थापाको स्वागत र नगरपालिकाका महिला तथा बालबालिका शाखाका रचना आचार्यको संचालनमा सम्पन्न भएको थियो ।
कार्यक्रममा बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बराल, बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले शुभकामना मन्तव्य राखे। कार्यक्रममा सन राइज आवासिय माविका विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।
March 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]