10 months ago
June 26, 2024
पोखरा (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबले पाँचौं गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय पुरुष हक्की प्रतियोगताको उपाधि जितेको छ ।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा बुधबार भएको फाइनलमा आर्मीले नेपाल पुलिस क्लबलाई ५-१ गोलअन्तरले पराजित गर्यो । आर्मीका प्रदीप राजवंशीले ४ गोल गरे । अर्को गोल दीपेन्द्र ऐरले थपे ।
पुलिसका रोमन रानाले १ गोल फर्काए । आर्मीका मनोज चौधरी फाइनलको ‘प्लेयर अफ दि म्याच’ घोषित भए । उपाधिसंगै आर्मीले ५० र पुलिसले ३० हजार रुपैयाँ प्राप्त गर्यो ।
नेपाल हक्की संघद्वारा आयोजित प्रतियोगितामा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई ७–१ गोलले हराउदै तेश्रो भयो । गण्डकीका लागि ‘प्लेयर अफ द म्याच’ असिम बाहेकले ह्याट्रिक गरे भने प्रेम विकले २ तथा कुशल नेपाली र पवन परियारले समान १ गोल गर। गण्डकीले १५ हजार रुपैयाँ प्राप्त गर्यो ।
प्रतियोगितामा दीपेन्द्र ऐर उत्कृष्ट खेलाडी, पुरन ओली उत्कृष्ट गोलरक्षक र रोशन चौधरी उत्कृष्ट डिफेन्डर घोषित भए भने प्रदीप राजवंशी सर्वाधिक गोलकर्ता बने । उत्कृष्ट चारै आर्मीका हुन् । कर्णालीका सुशान्त रोकाया उदीयमान खेलाडी चुनिए । पाँचै जनाले जनही ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
विजेतालाई गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापा, पूर्व सभासद शारदा पौडेल, प्रदेश खेलकुद परिषद्, गण्डकीका सदस्य–सचिव श्रीधर शर्मा, नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र शेरचन, नेपाल हक्की संघका अध्यक्ष अनिलप्रसाद शर्मालगायतले पुरस्कृत गरे ।
तीन दिने प्रतियोगितामा दुई विभागिय र ६ प्रदेश गरी ८ टिमको सहभागिता रहेको आयोजक हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिइन् ।
April 30, 2025
पोखरा (हाम्रो खेलकुद )- ‘नवौं पोखरा स्पोर्टस् अवार्ड २०८१’ को ४ विधाको मनोनयन सार्वजनिक भएको छ । बुधवार आयोजित पत्रकार सम्मेलनमा स्पोर्टस् अवार्डको ४ विद्याको मनोनयन आयोजक संस्था नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सम्मेलन मार्फत सार्वजनिक गरेको हो । अवार्डको वर्ष सर्वोत्कृष्ट खेलाडी पुरुष र महिला, वर्ष उदीयमान वर्ष खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक विधाका […]
April 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विभागीय टोली त्रिभुवन आर्मी क्लबले रााष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिताको पहिलो दिन बुधवार दोहोरो सफलता प्राप्त गरेको छ । नेपाल हक्की संघको आयोजनामा ललितपुरको च्यासल फुटबल मैदानमा आर्मीको पुरुष र महिला दुवै टोलीले विजयी […]
April 30, 2025
हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा रहेको नेपालकै ठुलो इनडुअर फुटसल कोर्टमा हुने खुला फुटसल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । यही बैशाख १९ र २० गते हुने खेलाडी सम्मिलित प्रथम बिर्तामोड फुट–७ कप खुला फुटसल प्रतियोगिताको तयारी पूरा भएको आज पत्रकार सम्मेलन गरेर जानकारी दिइयो । बिर्तामोड–५ स्यालडाँगीनजिकै रहेको बिर्तामोड स्पोट्र्स सेन्टरद्वारा सञ्चालित […]