10 months ago
June 26, 2024
काठमाडौं (हाम्रो खेलकुद)– जुडो खेलाडी मनिता श्रेष्ठ प्रधानले पेरिस ओलम्पिक २०२४ खेल्ने पक्का भएको छ।
मनिताले वाईल्ड कार्डमार्फत ओलम्पिक खेल्ने पक्का भएको नेपाल ओलम्पिक कमिटी(एनओसी) ले जनाएको छ। मनिता १२ औं दक्षिण एसियाली खेलकुद ( साग) की रजत विजेता विजेता खेलाडी हुन्। उनले ५७ केजीमुनिमा ओलम्पिकमा प्रतिस्पर्धा गर्नेछिन् ।
योसँगै यसपटक पेरिस ओलम्पिकमा भाग लिने नेपाली खेलाडीको संख्या ७ पुगेको छ । टेबल टेनिसका स्यान्टु श्रेष्ठ ओलम्पिकका लागि छनोट भएका थिए ।
यसअघि सुटिङ खेलाडी सुष्मिता नेपालले पेरिस ओलम्पिक २०२४ मा भाग लिने निश्चित भएको थियो । छनोट चरण पार गर्न नसक्ने देशका खेलाडीका लागि वाल्र्ड कार्डमार्फत सहभागी गराइन्छ ।
पौडीकी डुवाना डुवाना लामा र एलेक्सजेन्डर शाह, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र ब्यामिन्टनका प्रिन्स दाहाल युनिभिर्सियालिटी कोटाबाट ओलम्पिक खेल्न लागेका हुन् । ओलम्पिकमा एथलेटिक्स र पौडीमा युनिभर्सियालिटी कोटा हुन्छ ।
काठमाडौं गत महिना भएको दक्षिण एसियाली छनोट चरण पार गर्दै स्यान्टु ओलम्पिकमा छनोट भएका हुन् । छनोट भएर ओलम्पिक खेल्ने स्यान्टु तेस्रो नेपाली खेलाडी हुन्।
यसअघि तेक्वान्दोकी संगिना वैद्यले सन् २००४ को एथेन्स ओलम्पिक र तेक्वान्दोकै दिपक विष्टले २००८ को बेजिङ ओलम्पिकमा छनोट पार गरेर भाग लिएका थिए । पेरिस ओलम्पिक जुलाई २६ देखि अगस्ट ११ सम्म हुँदैछ ।
April 30, 2025
पोखरा (हाम्रो खेलकुद )- ‘नवौं पोखरा स्पोर्टस् अवार्ड २०८१’ को ४ विधाको मनोनयन सार्वजनिक भएको छ । बुधवार आयोजित पत्रकार सम्मेलनमा स्पोर्टस् अवार्डको ४ विद्याको मनोनयन आयोजक संस्था नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सम्मेलन मार्फत सार्वजनिक गरेको हो । अवार्डको वर्ष सर्वोत्कृष्ट खेलाडी पुरुष र महिला, वर्ष उदीयमान वर्ष खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक विधाका […]
April 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विभागीय टोली त्रिभुवन आर्मी क्लबले रााष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिताको पहिलो दिन बुधवार दोहोरो सफलता प्राप्त गरेको छ । नेपाल हक्की संघको आयोजनामा ललितपुरको च्यासल फुटबल मैदानमा आर्मीको पुरुष र महिला दुवै टोलीले विजयी […]
April 30, 2025
हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा रहेको नेपालकै ठुलो इनडुअर फुटसल कोर्टमा हुने खुला फुटसल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । यही बैशाख १९ र २० गते हुने खेलाडी सम्मिलित प्रथम बिर्तामोड फुट–७ कप खुला फुटसल प्रतियोगिताको तयारी पूरा भएको आज पत्रकार सम्मेलन गरेर जानकारी दिइयो । बिर्तामोड–५ स्यालडाँगीनजिकै रहेको बिर्तामोड स्पोट्र्स सेन्टरद्वारा सञ्चालित […]