default_image

9 months ago

June 23, 2024

एरिका र स्यान्टुलाई एनओसी अवार्ड

658 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- करातेकी एरिका गुरुङ र टेबल टेनिसका स्यान्टु श्रेष्ठ एनओसी अवार्ड २०२४ प्राप्त गरेका छन् ।

नेपाल ओलम्पिक कमिटी (एनओसी) को आयोजनामा
आइतबार भएको कार्यक्रमबीच एरिकालाई उत्कृष्ट महिला खेलाडी र स्यान्टुलाई उत्कृष्ट पुरुष खेलाडीको अवार्ड प्रदान गरिएको हो ।

एरिकाले चीनको हाङचाउमा भएको एसियाली खेलकुदमा रजत पदक जितेकी थिइन् । यस्तै स्यान्टु यसै वर्ष पेरिसमा हुने ओलम्पिकमा छनोट भएका थिए ।

उत्कृष्ट प्रशिक्षकमध्ये पुरुषमा करातेका कुशल श्रेष्ठ र महिलामा कबड्डीकी पार्वली राई घोषित भए । कुशल हाङजाउ एसियाली खेलकुदमा एरिकाका प्रशिक्षक थिए । यस्तै पार्वती त्यही हाङजाउ एसियाली खेलकुदमा महिला कपर्दीतर्फ कांस्य पदक विजेता टिमका प्रशिक्षक थिइन् ।

यस्तै पारा एथलेटिको अवार्ड भने तेक्वान्दोकी पलेशा गोवर्द्धन पाइन् । उनले हाङजाउ पारा एसियाली खेलकुदमा कांस्य पदक जितेकी थिइन् भने पेरिसमा हुने पारा ओलम्पिकमा पनि छनोट भएकी थिइन् ।

नेपाल भलिबल संघ भने वर्ष २०२४ को उत्कृष्ट संघ घोषित भयो । यस्तै ‘प्रेसिडेन्टल रिकगनेसन’ भने अखिल नेपाल कबड्डी संघ, नेपाल कराते महासंघ, नेपाल तेक्वान्दो संघ र पर्वतारोही तथा आर्चरी खेलाडी पासाङ भोटेलाई प्रदान गरियो ।

पत्रकारिता अवार्डतर्फ प्रिन्टमा ध्रुव तुलाधर, अनलाइन मिडियामा नवीन लुइटेल, स्पोर्टस फोटो जर्नलिस्टमा उज्वल डंगोल र स्पोर्टस भिडियो जर्नलिस्टमा प्रदीप लेखी उत्कृष्ट घोषित भए ।

कार्यक्रम प्रत्येक उत्कृष्ट हुने खेलाडी, प्रशिक्षक तथा संचारकर्मीलाई अवार्डसहित ५० हजार रुपैंया पनि प्रदान गरिएको थियो । कार्यक्रम ओलम्पिक डेका अवसरमा आयोजना भएको हो ।

March 19, 2025

अन्तरिम आदेशबीच पनि एनओसीले गर्यो विशेष साधारण सभा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

Success

Thank you for your time.